Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘वर्षेनी पाँच लाख युवा बेरोजगार’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २४ मंगलबार
newsabhiyan

जुम्ला, २४ असोज । श्रम तथा रोजगार मन्त्रालयका उपसचिव जीवनकुमार राईले वर्षेनी पाँचलाख नेपाली युवा बेरोजगार हुने गरेका बताउनुभएको छ ।

‘कोरिया इन्टरनेशनल को–अपरेशन एजेन्सी (कोइका)’ को वित्तीय तथा अन्तरराष्ट्रिय श्रम संगठन नेपालको प्राविधिक सहयोगमा श्रम तथा रोजगार मन्त्रालय-भागद्वारा आयोजित अभिमुखीकरण गोष्ठीमा उपसचिव राईले आन्तरिक रोजगारी सिर्जना हुन नसकेकाले बेरोजगारी बढेको बताउनुभयो ।

नेपालका रोजगारदाता उद्योग, प्रतिष्ठानले रोजगारी दिन अनिच्छा देखाएकाले रोजीरोटीका लागि युवा विदेशिनु परेको उहाँको टिप्पणी थियो ।

श्रम विभागका निर्देशक हरि शर्माले कर्णालीसँग रोजगार दिनसक्ने तमाम सम्भावना रहेको बताउनुभयो । यहाँ जल, जंगल, जडीबुटी र पर्यटन क्षेत्रको विकास गर्न सके सयौँ युवाले रोजगार पाउने उहाँको भनाइ थियो ।

अन्तरराष्ट्रिय श्रम संगठन नेपालअन्तर्गत सञ्चालित श्रम बजार, सूचना रोजगार सेवा (लाइफ) परियोजनाका राष्ट्रिय संयोजक सौरभराम जोशीले आफूहरुले रोजगारी दिने नभई प्रभावकारी रोजगारी सेवा प्रवाहको लागि पहल गर्ने बताउनुभयो । संयोजक जोशीले सन् २०१५ देखि परियोजना शुरु हुँदा पहिलो चरणमा धनगढी, नेपालगञ्ज, बुटवल, काठमाडौँ, विराटनगर र अहिले जनकपुर, पोखरा र जुम्लाका रोजगार सूचना केन्द्रसँगको सहकार्यमा काम गर्दै आएको जनाउनुभयो ।

रोजगार खोज्नेका लागि सहज होस् भनेर प्रत्येक सूचना केन्द्रमा ‘जब पोर्टल’ निर्माण गरिएको छ । परियोजनाले अहिलेसम्म विभिन्न क्षेत्रमा गरेर तीन हजार ८४९ जनालाई रोजगार दिलाउन सहयोग पु¥याएको छ । रोजगार सूचना केन्द्रका प्रमुख मेघराज गिरीले जनशक्ति आवश्यक परेमा आफ्नो कार्यालयसँग सम्पर्क र समन्वय गर्न आग्रह गर्नुभयो । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan