Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हत्यारालाई कार्वाहीको माग राख्दै प्रधानमन्त्रीमा निर्माण ब्याबसायीको ज्ञापनपत्र

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २४ मंगलबार
newsabhiyan
newsabhiyan

प्रनिश थापा, चितवन,  २४ असोज । आफ्ना केन्द्रिय अध्यक्षको हत्या भएको घटनाको निमार्ण ब्यवसायी संघ चितवनले घोर भत्र्सना गरेको छ । निमार्ण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमवार दिउँसो राजधानीमा गोली हानी हत्या भएपछि जिल्ला संघले कडा शब्दमा भत्र्सना गरेको हो ।

देशकै प्रतिष्ठित ब्यवसायी माथि दिन दहाडै गोली प्रहार भएको घटनाले देशको सुरक्षावस्था माथि प्रश्न समेत गरेका छन्  । संघका महासचिव भिष्म अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै देशभरका निमार्ण ब्यवासयीको अभिभावकको हत्या भएको घटनाले ब्यवसायीहरु मर्माहत भएको बताए ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै अध्यक्ष हरि प्रसाद घिमिरेले  हत्याराको छिटो भन्दा छिटो  खोजी गरी कडा कारवाही हुनुपर्ने माग समेत राखे ।

देशको निमार्ण जगतमा सक्रिय भूमिका निर्वाह गर्ने निमार्ण ब्यवसायीको सुरक्षाका लागि गृह प्रशासनसंग महासचिव अधिकारीको विज्ञप्तीमा मार्फत माग गरिएको हो ।

घटनाको सत्यतथ्य छानविन नगरेसम्म जिल्लाको सबै निमार्ण कार्य बन्द गर्ने भनी आन्दोलनको घोषणा समेत गरेका छन्  । महासंघको सदस्य सहितको छानविन टोली गठन गरी दोषीलाई कारवाही हुनुपर्ने माग गरिएको छ । दिवंगत आत्मको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवार प्रति समवेदना ब्यक्त गरिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan