Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विज्ञान प्रयोगशाला उद्घाटनार्थ राष्ट्रपति जुम्ला आउनुहुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २५ बुधबार
newsabhiyan

जुम्ला, २५ असोज (रासस) : चन्दननाथ माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटनका लागि आज राष्ट्रपति विद्या भण्डारी जुम्ला आउँदै हुनुहुन्छ ।

उहाँ नेपाली सेनाको हेलिकोप्टरबाट ९ः३० बजे जुम्ला आइपुग्ने कार्यक्रम रहेको आयोजक चन्दनाथ मावि जुम्लाका प्रधानाध्यापक टंकबहादुर महतले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारी जुम्ला पुगेपछि शुरुमा चन्दननाथ भैरवनाथ बाबाको दर्शन गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक महतले बताउनुभयो । त्यसपछि १०ः३० बजे राष्ट्रपति भण्डारीबाट यहाँको विज्ञान प्रयोगशालाको समुद्घाटन गर्ने कार्य तालिका छ, उहाँले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले हिमाली क्षेत्रमा स्थापित उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान (मारी) र त्यसअन्तर्गत गुठीचौर भेडाबाख्रा अनुसन्धान, बागवानी विकास अनुसन्धान र कृषि अनुसन्धान केन्द्र, विजयनगर, जुम्लाले हालसम्म गरेका गतिविधिको प्रदर्शनी अवलोकन गर्ने प्रतिष्ठान (मारी) का निर्देशक नेत्रहरि घिमिरेले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारी जुम्लामा आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । कार्यक्रम डेढघण्टा जतिमात्र हुने उहाँको भनाइ छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan