Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अभिनेत्री रेखा थापा कार दुर्घटनामा परिन् (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २५ बुधबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान,  काठमाडौं, २५ असोज ।  फिल्म 'रुद्रप्रिया'को प्रमोशनमा व्यस्त  अभिनेत्री रेखा थापा कार दुर्घटनामा परेकी छिन् । प्रहरीका अनुसार  रेखा आफैले कार हाँकेकी थिइन् । 

बुधबार दिउँसो करीब सवा १२ बजे चावाहिलमा माल बाहक ट्रकले ठक्कर दिँदा रेखाको कारमा ठूलो क्षति पुगेको छ । तर, रेखालाई ट्रकको ठक्करबाट कुनै क्षति नपुगेको र  अवस्था सामान्य भएको जनाएको छ  । 

अभिनेत्री रेखा सकुशल रहेको र अहिले रेखा र ट्रक चालक गौशला प्रहरी वृत्तमा रहेको ट्राफिक प्रभाग गौसलाका प्रहरी निरिक्षेक राजन कार्कीले न्यूज अभियानलाई बताए । 

प्राप्त जानकारी अनुसार, टीभी फिल्मीमा अन्तर्वाता दिएर मित्र पार्कमा रहेको अम्बे अर्पाटमेन्ट फर्किँदै गर्दा उनको कारलाई ट्रकले ठक्कर दिएको जनाएको छ ।

यो पनि पढ्नुहोस् :-  यस्तो पो छ कलाकार नेताको कुरो ! रेखा एमाले र करिश्मा माओवादी केन्द्र पछ्याउदैँ


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan