Wednesday 13th of December | २०७४ मङ्सिर २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खुमबहादुर खड्कालाई नेता,कार्यकर्ता भेट्न भ्याइनभ्याई

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २५ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसंगै कांग्रेसमा नेताहरुको घरमा टिकट माग्नेहरुको भीड लाग्न थालेको छ । विशेषगरी जनाधार भएका नेताहरुका घरमा आजभोली विहानदेखि साँझसम्म नेता कार्यकर्ताको भीड थामी नसक्नु हुने गरेको छ ।

जनाधार भएका प्रभावशाली नेता तथा पुर्वमन्त्री खुमबहादुर खड्काको घरमा पनि हिजोआज नेता कार्यकर्ताको घुइँचो लाग्ने गरेको छ । नेता खड्काको निजि निवास सानेपामा बिहानैदेखि साझँसम्म निकै भिडभाड हुने गरेको छ । बुधबार विहान खड्का निवास पुगेका एक कार्यकर्ताले भेट्नका लागि चार घण्टा कुर्न परेको बताए ।

मंसिर १० र २१  गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका तर्फबाट टिकट माग्न खड्का निवासमा नेताहरूको घुइँचो लागेको हो । कांग्रेसका सबैभन्दा पुराना र नेता कार्यकर्ताका प्रिय नेता भएकाले खड्काको घरमा प्रायजसो नेताहरुको भीड लाग्ने गरेको छ । त्यसभाथि खड्का एन्टी कम्युनिष्ट भएकाले उनलाई रुचाउनेको संख्या ठुलो छ ।

नेपाली कांग्रेसमा खड्का मात्रै त्यस्ता व्यक्ति हुन, जसले १२ बुँदे शान्ति सम्झौता हुँदा देखि नै कम्युनिष्टहरुसंग कांग्रेसले एक्लै लड्नु पर्ने बताउँदै आएका थिए ।

हिन्दु धर्म भएको मुलुकबाट धर्म निरपेक्ष मुलुक बनाउँदा विरोधमा उत्रन आँट गर्ने पहिलो नेता भएकाले पनि उनलाई हिन्दु धर्ममा आस्था राख्नेहरु रुचाउँछन् । नेपालमा २०६८ सालको जनगणना अनुरुप ८० प्रतिशतले हिन्दु धर्म मान्छन् । 

२०३४ सालदेखि निरन्तर रुपमा कांग्रेस केन्द्रिय सदस्य रहेर कांग्रेस नेता कार्यकर्ताहरुको पक्षमा काम गर्दै आएका खड्कालाई नियोजित रुपमा पार्टीकै नेताहरुले फसाएको भन्दै कार्यकर्ताहरु रुष्ट हुदै आएका छन् ।

त्यसको प्रत्यक्ष उदाहरण मान्न सकिन्छ पार्टीको १३ औं महाधिवेशनमा खड्कालाई महाधिवेशन प्रतिनिधिले लोकप्रिय मत दिएका थिए । 

यो पनि पढ्नुहोस् । कांग्रेसको संसदीय समिति बन्यो, भाग्यमानी बोर्ड सदस्य यी हुन् ,उम्मेदवार छान्ने बैठक आजै (नाम सहित)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan