Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'कालो पैसाले ७५० शैया भएको अस्पताल खुल्यो'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २६ असोज । नेपाल मेडिसिटी अर्थात उपेन्द्र महतो एण्ड कम्पनीको कालो पैसाको लगानीमा भैंसेपार्टीमा अस्पताल खुलेको छ ।

मेडिकल टुरिज्मको समेत लक्ष्य रहेको खुलासा गरेका उपेन्द्र महतोले यो अस्पताल ७५० शैया भएको र यो अस्पताल अन्तर्राष्ट्रिय स्तरको भएको बताएका छन् ।

योगगुरु रामदेवले नेपालमा लगानी गर्दा त्यसको अनुमति नभएपछि यिनै महतोले आफ्नो लगानी भनेर स्वीकारेका थिए । रुसदेखि भारतसम्मको कालो धनलाई नेपालमा लगानी गरेका यी महताले एनआरएनएको आवरणमा नेपालमा ठूलै तरङ्ग उत्पन्न गराइरहेका छन् ।

यद्यपि यिनी राजस्व छलीका अनेक मुद्दामा फसेका छन् । प्रचण्डको पालामा उनका छोरा र देउवाको शासनकालमा उनका साला भूषण राणालाई हात लिएर यिनले नेपाललाई कालो धनको भण्डार बनाइरहेका छन् ।

यद्यपि कालो धन भित्र्याउनेमा अजय सुमार्गी पनि कम्तिका देखिएका छैनन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan