Wednesday 13th of December | २०७४ मङ्सिर २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनआरएनमा चुनाब लाग्यो : भवन भट्टसहित यी छन् मैदानमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ असोज । गैर आवासिय नेपाली संघ(एनआरएनए) को चुनाबले यतिखेर काठमाडौ धपक्कै बलेको छ । बिश्वभर छरिएर रहेका प्रवासी नेपालीहरु आफना नेता छान्न यतिखेर काठमाडौ आइपुगेका छन । प्रवासको बिश्वासिलो साझेदार संस्थाका रुपमा चिनिएको एनआरएनमा निर्वाचन लागेपछि उमेदबारहरु आ,आफनो प्रचार प्रसारमा जुटेका छन् ।

केहि एनआरएनएका नेताहरु भने राजनीतिक दलमा समेत हार गुहार गर्न पुगिसकेका छन । राजनीति भन्दा फरक र प्रवासमा साझा संस्था एनआरएन पनि भित्रि राजनीतिको नजानिदो शिकार बन्न पुगेका छन् ।

यतिखेर एनआरएनएको अध्यक्षमा सबै भन्दा बढि चर्चा र केन्द्रबिन्दु बनेका छन् वर्तमान उपाध्यक्ष तथा जापानका ब्यवसायी भवन भट्ट ।

एनआरएनएको प्रारम्भदेखिका अभियन्ता भवन भट्ट अहिलेसम्म देखिएका अध्यक्षका लोकप्रिय उमेदबार हुन् । उपाध्यक्षयमा भने कुृमार पन्त ,सोनाम लामाको चर्चा चुलिएको छ भने खगेन्द्र जिसी ,कुल आर्चाय लगायतको नाम पनि अगाडि आएको छ ।

महासचिबमा बद्रि केसी र अर्जुन श्रेष्ठको प्रतिस्पर्धा निकै कडा देखिएको छ भने सचिवमा गणेश केसी, महेन्द्र लम्साल, जानकी गुरुड, टीबी कार्कीको चर्चा सुनिएको छ । युवा संयोजकमा  सुदन थापाको चर्चाले बजार तातेको छ । 

प्रतिस्पर्धामा अन्य रहे पनि एनआरएनएको मुख्य चासो भनेकै अध्यक्ष पद भएकोले सबैको निगाह त्यसैमा टिकेको छ । भवन भट्टको नाम एकोहोरो मैदानमा आएपछि दुइ कार्यकाल खाएका अध्यक्ष शेष घलेले आफ्नी धर्मपत्नी जमुना गुरुङलाई अगाडि सार्ने संकेत देखिएको छ ।

आफ्ना कार्यकालमा गरेको कामको जस अरुले लिने भएपछि शेष घलेले आफ्ना श्रीमतीलाई मैदानमा ल्याएको अनुमान लगाइएको छ । जमुना घलेको नाम आएपिछ बिश्वभरबाट काठमाडौ आएका एनआरएनका पार्षदहरु नाताबादको पगरीमा एनआरएनए बेरिने डरले त्रस्त भएका छन् ।

अविछिन्न उत्तराधिकारीको संस्थाका रुपमा रहेको एनआरएनएलाई कतै कर्पोरेट संस्था बनाउने हो की भन्ने डरले सहभागीहरु भवनलाई जिताएरै अगाडि बढने मुडमा देखिएका छन् ।

घलेको नेतृत्व सफल भएपनि पछिल्ला केहि हरकत संस्था बिरोधी र ब्यक्तीबादी अनि चाकरीमा मात्र देखिएपछि स्वयं अस्ट्रेलियाका भोटर पनि त्रस्त देखिएका छन । शेष दाइले निकै राम्रो काम गर्नुभयो,एनआरएनको उचाइ बढाउनुभयो ।

हामीलाई गर्व लागेको थियो तर अहिले आएर भाउजु लडाउने उहाँको इच्छा हो भने त्यो सरासर गलत हो यसले उहाले कमाएको इज्जत पानीमा मिल्ने छ, अस्ट्रेलियाका एक भोटरले बताए ।

यसरी एनआरएनका पछिल्ले नेतृत्वमा जान राजनीतिक भ¥याङ चढने इच्छाले पनि केहि ब्यक्तीत्वहरु लागि परेका छन् । यो राम्रो कुरो होइन । कांग्रेसले आज  एनआरएनको सवालमा होटल दियालोमा भेटघाट राखेको छ ।

पार्टी सभापती शेर बहादुर देउवा र महामन्त्री शंशाक कोेइरालाले त्यहाँ डेमोक्रयाट उमेदबारको लागि संकेत गरिने आशा गरिएको छ । यदि अस्ट्रेलियाका डेमोक्रयाटहरुले समेत शिकार भएको अवस्थामा जमुना घलेलाई उठाउने निर्णय गरे पार्टीको ह्वीप बिपरीत बिद्रोह गर्ने तयारीमा रहेको समेत असट्रेलियाका कांग्रेस समर्थकहरुले बताए ।

 अध्यक्षमा भवनविरुद्ध जमुना उठ्दै
  गैरआवासीय नेपाली सघ (एनआरएनए)नयाँ नेतृत्वमा को आउने हो भनेर अहिलेदेखि नै चर्को बहस सुरु भएको छ ।


हुन त संघले नयाँ नेतृत्व एक हप्ताभित्रै पाउँदैछ । झण्डै ७० भन्दा बढी मुलुकमा रहेका नेपालीहरुको प्रतिनिधि बनेर आफूले रोजेकालाई नेतृत्वमा पुर्याउन विश्वभरिबाट एनआरएनहरु काठमाडौं ओर्लिरहेका छन् ।

नेतृत्वको दौडमा एक महिना अघि नै आफूलाई उभ्याउनेमा हालका बरिष्ठ उपाध्यक्ष भवन भट्ट छन् । उनले मात्रै धेरै पहिले अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका हुन् । तर उनीसँगै अर्को उम्मेद्धवार खडा भैसकेको छैनन् ।

हुन त काठमाडौं ओर्लिएका विभिन्न देशका प्रतिनिधिहरु अहिले कसलाई नेतृत्वमा ल्याउने भनेर दिनरात गोप्य बैठकहरु गरिरहेको तथ्य पनि बाहिर आएको छ । राजधानीका विभिन्न तारे होटेलमा बसर भावी नेतृत्व हत्याउने रणनीति बुन्न तल्लिन छन् एनआरएनहरु ।

सन् २००४ मा नेपाल र नेपालीका लागि भन्दै प्रसिद्ध उद्योगपति डा। उपेन्द्र महतो, भीम उदास, जीवा लामिछाने, प्रो। सुर्य सुवेदीहरुको नेतृत्वमा खुलेको यो संस्थामा राजनीति त घुसेकै थियो, अब जातियता पनि घुसेको छ । अनि क्षेत्रीयता अर्थात् कुन महादेशकालाई कुन महादेशले समर्थन नगर्ने भन्ने गलत अभ्यासको समेत सुरुवात भएको आशंका गर्न थालिएको छ ।

एनआरएनएको नयाँ नेतृत्वका लागि स्पष्टसंगै राजनीतिक दलका भातृ संगठनहरुको सक्रियता देखिएको विगतलाई बिर्साउने गरी यसपटकदेखि जातीयता सुरु भएको छ ।

त्यसैले एनआरएनएको नेतृत्व चयनका लागि योग्यता र देशभक्ति हैन त्यस बाहेकका तीनवटा महत्वपूर्ण पक्ष रहेको छ । मतदातालाई काठमाडौं ल्याउनुपर्ने, रजिष्ट्रेशन शुल्क आफैंले दिनुपर्ने र कतिपयलाई गाँसबासको समेत व्यवस्था गर्नुपर्ने अवस्था उम्मेदवारलाई बाध्यता पर्ने गरेको छ । अझै कतिपय देशमा त एनसीसी चुनावका लागि समेत केन्द्रीय अध्यक्षका आकांक्षीले खर्च दिनुपर्ने अवस्था आएको छ ।

एनआरएनएको चुनावका लागि पछिल्लो समय उदाएको जातीय पक्ष अझ महत्वपूर्ण र डरलाग्दो देखिएको छ । एनआरएनए बेलायत लगायत यूरोपका विभिन्न देशमा देखिएको जातीय प्रतिस्पर्धाले एनआरएनभित्र जातीय पक्षले पनि चुनावमा जित–हारको टुंगो लाग्ने देखिन्छ ।

एनआरएनएको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष भवन भट्ट र पूर्व प्रत्यासी टीबी कार्कीले उम्मेदवारी घोषणा गरिसकेका छन् । भट्टलाई अर्का उपाध्यक्ष कुमार पन्तले साथ दिएका छन् ।

उता वर्तमान अध्यक्ष शेष घलेले यो पटक आफ्नी पत्नी जमुना गुरुङलाई अघि सार्ने भएका छन्। गुरुङले विभिन्न देशबाट आएका प्रतिनिधि र उम्मेदवारी घोषणा गरिरहेका व्यक्तिसँग छलफललाई तीव्रता दिएकी र जित्ने अवस्था रहेमा अन्तिम समयमा भए पनि अध्यक्षको उम्मेदवार बन्ने रणनीति बुनेको उनी निकट एक प्रतिनिधिले बताए ।

उसो त युरोप तथा अमेरिकाका धेरै प्रतिनिधिहरु जनजाति भएको र एनआरएनका पूर्वअध्यक्ष देवमान हिराचन, संरक्षक दिल गुरुङ, लगायतले खुलेरै उनको पक्षमा अभियान चलाउने तयारी भएकोले जमुना अन्तिममा आएर भवनको विरुद्धमा उठ्ने प्रवल सम्भावना  छ ।

यता संस्थापक अध्यक्ष डा. महतो र पूर्व अध्यक्ष जीवा लामिछानेले भट्टलाई समर्थन गर्न लगाएका छन् । संस्थापकहरुको आधिकारिक उम्मेदवार भट्ट हुन् । एनआरएनएको आठौं विश्व सम्मेलन यही १४ अक्टोबरदेखि १७ सम्म राजधानीको हायात हलमा हुँदैछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan