Wednesday 13th of December | २०७४ मङ्सिर २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिर्नर्जीको प्राप्ती प्रकृया नयाँ बोतलमा पुुरानै रक्सी, ८४ प्रतिशत कर्जा खराव रहेको बेष्टसंग १९ प्रतिशत कर्जा खराव सिर्नर्जी बिलय हुुने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ असोज । बित्तीय अवस्था सवल बनाउने नाउँमा खराव बित्तीय अवस्था भएका दुुई वटा संस्था एक आपसमा बिलय हुुने भएका छन् ।

राष्ट्र बैैंकले समय थप गरी यही असोज मसान्तसम्म राष्ट्रिस्तरका फाईनान्स कम्पनीहरुलाई ८० करोड रुपैयाँ चुक्ता पुंजी पुर्याउन निर्देशन दिएपछि एउटा खराव बित्तीय अवस्था भएको संस्थामा अर्को खराव बित्तीय अवस्था भएको सिर्नर्जी फाईनान्स बिलय हुुने भएको  हो । 

बिलय अर्थात प्राप्ती सम्वन्धी प्रकृयाको लागि आज बिहिबारबाट सिर्नजीको सेयर कारोवार रोक्का भएको छ । प्राप्ती प्रकृयामा रहेको बेष्ट फाईनान्स केही समय अघिसम्म समस्याग्रस्त संस्थाको रुपमा रहेको जनरल फाईनान्सको नयाँ नाम हो ।

फाईनान्समा नयाँ संञ्चालकहरु आएपछि राष्ट्र बैंकले झण्डै चार महिनाअघि हिंजोको जनरल अर्थात आजको बेष्ट फाईनान्सलाई समस्याग्रस्त मुक्त संस्था घोषणा गरेको थियो । उक्त फाईनान्स अहिले सुधारको चरणमा रहेको भएपनि फाईनान्समा अझै ८४ दसमलव ९३ प्रतिसत कर्जा खराव रहेको छ ।

चुक्ता पुंजी  २२ करोड एक लाख ९५ हजार रुपैयाँ रहेको वेष्टले आर्थिक बर्ष २०७३—०७४ मा १० करोड दुुई लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी २० करोड ८४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । प्रोभिजन रकम एक करोड ८२ लाख १२ हजार रुपैयाँ रहेको फाईनान्सले उक्त आवमा जम्मा  दुुई लाख ८६ हजार रुपैयाँ खुुद मुनाफा कमाएको छ ।

यता सिर्नर्जीको भने चुक्ता पुंजी ४७ करोड ४४ लाख नौ हजार रुपैयाँ रहेको छ । आव २०७३—०७४ मा १८ करोड ११ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको फाईनान्समा अझै १९ दसमलव ५५ प्रतिशत कर्जा खराव रहेको छ ।

उक्त आवमा एक अर्ब ८६ करो ४५ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६७ करोड ८१ लाख १४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको सिर्नर्जीको प्रोभिजन रकम १४ करोड ६९ लाख ७९ हजार रुपैयाँ रहेको छ । दुुबै फाईनान्सको पछिल्लो बित्तीय अवस्था राम्रो छैन ।

तापनि राष्ट्र बैंकले तोकेको न्युुनतम ८० करोड रुपैयाँ चुक्ता पुंजी पुर्याउन र फाईनान्समा भएको अनियमितता ढाकछोप गर्न र राष्ट्र बैंकको संभावित कारबाहीबाट बच्नको लागि सिर्नर्जीले अर्को खराव बित्तीय अवस्था भएको बेष्टसंग बिलयमा जाने प्रकृया सुरु गरेको दावी श्रोतले गरेको छ ।

समस्याग्रस्त फुुकुुवा भएको संस्थाको हकमा भने राष्ट्र बैंकले न्युुनतम चुक्ता पुंजी कायम गर्ने समय थप गरेको छ । यी दुुई संस्था बिलय भएर एकीकृत कारोवार सुरु गर्दा पनि चुक्ता पुंजी झण्डै ७० करोड रुपैयाँको हाराहारीमा पुुग्ने छ ।

तत्कालीन सिएमबी फार्ईनान्स, बुुटवल फाईनान्स र एल्पीक फाईनान्स मर्ज भएर सिर्नर्जी फाईनान्स बनेको थियो । हाल भने सिर्नर्जी फाईनान्स नै बेष्ट फाईनान्ससंग बिलय हुुने भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan