Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अपडेट : सेयर बजार सुधारोन्मुुख, मध्यान्हसम्म झण्डै अंंकले बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ असोज । नेप्से सुधारोन्मुुख दिशामा गएको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार अपरान्ह १२ बजेसम्म नेप्से पाँच दसमलव ९१ अंकले बढेको छ भने सेन्सिटिभ एक दसमलव ३२ अंकले बढेको छ ।

यसबिचमा कुुल ७९ वटा कम्पनीहरुको छ हजार चार सय ४२ वटा कारोवारमा एक लाख चार हजार आठ सय ३३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम पाँच करोड सात लाख १५ हजार सात सय ७९ रुपैयाँ पुुगेको छ ।
अपरान्हसम्म आठ वटा समुहको कारोवार भएकोमा बिकास बैंक बाहेक समुहको सुचक बढेको छ ।

बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव २८ अंकले बढेको छ भने जलबिद्युुत, बीमा, फाईनान्स लगायतका समुहको सुचक पनि बढेको छ ।

यसबिचमा रिलायन्स फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ५५ पैसाले बढेर दुुई सय १८ रुपैयाँमा कारोवार भएको छ भने साँग्रिला डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य दुुई रुपैयाँ ६८ पैसाले घटेर तीन सय ६२ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ ।

चिलिमे हाईड्रो पावर कम्पनीको भने अपरान्हसम्म आठ सय ६२ रुपैयाँ अन्तिम मुल्यमा दुुई करोड ३७ लाख ३६ हजार तीन सय पाँच रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan