Wednesday 13th of December | २०७४ मङ्सिर २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एकता कान्तिपुर र अन्नपूर्णमा मात्रै ! पत्रकारको आकर्षण अनलाईन मिडिया

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ असोज । कमिशन एजेण्ट बनेका साहुजीहरु ! सोमबार एकाएक मिडियामा हल्ला फैलियो नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच अपरान्ह चार बजे पार्टी एकिकरण हुने । त्यो समाचार कान्तिपुर दैनिकको अनलाईन सस्करण र अन्नपूर्ण पोष्टको अनलाईन सस्करणले लेखेका थिए ।

त्यसपछि त्यो समाचार प्राय सबै अनलाईनले कपि पेष्ट गरे । तर, एकता मिडियामा मात्रै भयो । समाचार बाहिर आएको तीन दिन वित्दासम्म दुई पार्टीबीच एकताको सुइको समेत छैन । लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरी भन्छन् ‘पार्टी एकता हुनेबारे कान्तिपुर र अन्नपूर्ण पोष्टलाई थाहा होला, हामीलाई थाहा छैन् ।’

यसले मिडियाको विश्वसनियता कस्तो बनाउँला ? स्रोतलाई उध्रित गरेर हुँदै नभएको समाचार लेखेपछि अर्कोदिन ति मिडियाका समाचारलाई कसले विश्वास गर्ने ?

पत्रकारको आकर्षण अनलाईन मिडिया
नयाँ आर्थिक बर्ष सुरु भएपछि विजयादशमी भत्ता पाउने आशमा मिडिया परिवर्तन गर्न रोकिएका पत्रकारहरु दशैपछि धमाधम नयाँ स्थानमा जागिर सुरु गर्ने क्रममा छन् । पत्रकारहरुको आकर्षण पुराना र प्रतिष्ठित मिडिया छोडेर अनलाईन समाचार पोर्टलतिर देखिएको छ ।

हिमाल म्यागेजिनबाट जेवी पुन मगर नेपाल खवर अनलाईनको हङकङ सम्पादक भएर गएका छन् । त्यस्तै कान्तिपुर पव्लिकेशन अन्र्तगतको नेपाल म्यागेजिनबाट सिताराम बराल पनि नेपाल खवर अनलाईनकै समाचार संयोजक बनेर गएका छन् ।

यो क्रम नयाँमा मात्रै होइन केहि समय अघिबाट चल्दै आएको छ । १६ भदौबाट सुरु भएको नेपाल लाइभ अनलाईनमा नागरिक दैनिकबाट दुर्गा दुलाल, नयाँ पत्रिका दैनिकबाट सिताराम कोइराला पुगेका थिए ।

त्यस्तै सोहि अनलाईनको सम्पादक पनि केहि समय अघि कान्तिपुर दैनिक छोडेर बसेका सरोजराज अधिकारी बनेका छन् ।

यता अन्नपूर्ण पोष्टको अनलाईन सस्करणका सम्पादक रेवती सापकोटाले राजीनामा दिएका छन् । उनी कान्तिपुर दैनिकमा आवद्ध हुनका लागि त्यहाँबाट राजीनामा दिएको बताइन्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan