Wednesday 13th of December | २०७४ मङ्सिर २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुलुकलाई समृद्ध बनाउन बामपन्थी एकता

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २६ असोज ।

बामपार्टीबीच एकताको प्रक्रिया सुरु गर्नुको मुख्य ध्यय के हो ?
हामी अहिले लोकतान्त्रिक क्रान्ति सम्पन्न गरेर समाजवाद ल्याउने लक्ष्य बनाएर अगाडि बढिरहेका छौ । समाजवाद प्राप्ति गर्न लोकतान्त्रिक, देशभक्त, प्रगतिशील, वामपन्थी शक्ति एक ठाउँमा लामबद्ध हुनुको विकल्प छैन् । त्यो मुख्य लक्ष्य पच्छयाउन स्वाभाविक रूपमा सम्पूर्ण वामपन्थी शक्तिलाई एकताबद्ध बनाउनुपर्छ भन्ने नेकपा एमालेको धारणा पहिल्यैदेखिको हो । त्यो धारणालाई कार्यान्वयन गर्ने चरणको सुरुवात हामीले सुरु गरेका छौ । एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच एकताको मुख्य ध्यय सम्पूर्ण वामपन्थी शक्ति एक ठाउँमा उभिएर मुलुकलाई समृद्धि र समाजवादतर्फ अगाडि बढाउने हो ।

पहिलो चरणमै पार्टी एकता नगरी चुनावी तालमेल मात्र किन गर्नु भयो त ?
दुई पार्टीका नेताहरुबीच छलफल गर्दा दुई चरणमा एकता प्रक्रिया टुंग्याउने सहमति बन्यो । त्यसै अनुरुप पहिलो चरणमा नजिकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने प्रक्रियामा हामी लागिरहेका छौ । दोस्रो चरणमा दुई निर्वाचन पछि पार्टी एकताको प्रक्रिया अघि बढ्छ । तालमेल र पार्टी एकताको दुवै चरणलाई सन्तुलित रुपमा अघि बढाउनका लागि हामी लागिरहेका छौ । धेरै महत्वपूर्ण, ऐतिहासिक र दूरगामी महत्वको विषय भएकाले केहि चुनौति देखिएका छन्, ति चुनौतिलाई सामना गरेर अघि बढ्न हामी लागि रहेका छौ । चुनौतीलाई सही ढंगले सामना गर्दै हामी एक भएर अघि बढ्ने विषयमा दृढ भएर लागि रहेका छन् ।

बाम एकताका चुनौति के के हुन त ?
वामपन्थीहरूको एकतालाई तालमेल गर्ने कुरा र त्यसबाट अगाडि बढेर एकीकरण गर्ने कुराचाहिँ चुनौतीपूर्ण छ । किनभने हामीले एकआपसमा विचारधारात्मक एकरूपता, सैद्धान्तिक एकरूपता, संगठनात्मक एकरूपता, कार्यशैलीगत एकरूपतालगायत धेरै विषयमा एकरूपता कायम गरेर जानुपर्नेछ । जुन विषय त्यति सहज पक्कै छैन । त्यसमाथि हाम्रो एकतालाई सफल हुन नदिन खेल्ने शक्तिहरु पनि लागिरहेका छन् ।

बाम एकताले जुटाउने अवसर के के हुन त ?
वामपन्थी शक्ति एकताबद्ध भएपछि स्वाभाविक रूपले जनतामा उत्साह, उमंग छाएको छ । एकताको चरणमा गएका पार्टी कार्यकर्तामा एकताको भावना प्रबल भएको छ । देशको राष्टिूयता, स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता, लोकतन्त्र अब सुदृढ हुन्छ । सामाजिक, आर्थिक रूपान्तरणमा तीव्रता आउँछ । देशको संस्कृतिहरूको रक्षा हुन्छ । अब देशले विदेशी मुलुकसँगको सम्बन्धलाई अझ राम्रो ढंगले उन्नत स्तरबाट बढाउन सक्छ । जसलाई राम्रोसंग बुझेका जनता हाम्रो एकताको प्रक्रिया सुरु भएको देखेर खुसी भएका छन् ।

एकता भएपछि माओवादी एमालेमा विलय भएको जस्तो देखिन्छ नि ?
वाम एकताको विषयलाई हेर्दा एमालेले अहिलेसम्म कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गराउन खेलेको भूमिका पहिले अध्ययन गर्नु आवश्यक छ । ३५ वटा समूहलाई एकताबद्ध गराउनका लागि एमालेले धेरै प्रयास गरेको थियो । त्यो क्रममा अनेकन् महत्वपूर्ण सफलता पनि एमालेले हासिल ग¥यो । जसको अनुभव पनि एमालेले संगालेको छ । तीन पार्टीबीचको एकताको प्रक्रिया अर्को नयाँ अनुभव  हो । तसर्थ एकीकरण गर्दा एमालेका कार्यदिशा, नीति, सिद्धान्तहरूको आधारमा एकताबद्ध बनाउँछौँ, एकीकृत गर्छौँ र सबभन्दा महत्वपूर्ण कुरा एउटाले अर्कालाई करण गर्ने होइन, हामी हाम्रो विचारात्मक, राजनीतिक र सैद्धान्तिक कार्यदिशाका आधारमा एकीकरण गर्छौं । एकताले देशका सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी, अग्रगामी शक्तिलाई एकताबद्ध बनाउँछ । एकता देश, जनता र राष्टूको हितमा छ । देशको विकास र निर्माणमा तीव्रता प्रदान गर्छ । देशलाई समृद्धितर्फ अगाडि बढाउन एकताले योगदान पु¥याउँछ ।

विश्वभर पुँजीबादको लहर छाएको बेला तपाईहरु समाजवाद भन्नुहुन्छ, के त्यो सम्भव छ त ?
विश्वव्यापी रूपमा नै पुँजीवादी अधिनायकत्व देखिइरहेको सत्य हो । विश्वका जनता र राष्टूका निम्ति पुँजीवादी अधिनायकत्व समस्याको रूपमा देखा परिसकेको विभिन्न घटनाक्रमबाट बुझ्न सकिन्छ । नेपालमा पनि पुँजीवादी शक्ति अहिले वामपन्थी एकताबद्ध हुँदा अधिनायकवाद हाबी भयो भनेर आतंकित बनेको छ । तीन पार्टी एक हुनु अधिनायकवाद होइन । हाम्रो लक्ष्य साम्यवाद आउन सय वर्ष लाग्न सक्छ । तर, अहिले हामी समाजवाद स्थापना गर्ने दिशातर्फ अगाडि बढ्दै छौँ । यो समाजवाद लोकतान्त्रिक समाजवाद हुन्छ । देशभक्तिपूर्ण समाजवाद हुन्छ । सम्पूर्ण जनताको हितअनुकूलको समाजवाद हुन्छ । शान्तिपूर्ण, न्यायको पक्षधर, कानुनी राज स्थापना गर्ने समाजवाद हुन्छ । जसले जनताको हितलाई सुनिश्चित गर्छ । त्यस्तो अवस्थामा पुँजीवादी अधिनायकत्व समाप्त हुन्छ । पुँजीवादी तानाशाही ल्याउन नसकिने भयो, शोषण, दमन र अन्याय, अत्याचारका शृंखला समाप्त हुने भए ।

बाम गठबन्धनले आसन्न निर्वाचनमा बहुमत ल्याउछ त ?
नेपालको लोकतन्त्र विकास गर्दै जाँदा स्वाभाविक रूपले संविधान कार्यान्वयन भइसकेपछि बिस्तारै मुलुकमा दुईवटा पार्टी मात्रै रहने अवस्था आउने संकेतहरु देखा पर्न थालेका छन् । अहिले सम्पूर्ण वामपन्थीलाई एकताबद्ध बनाउने प्रयास भइरहेको छ । अब नेपालमा एउटा शक्तिशाली वामपन्थी पार्टी त हुन्छ हुन्छ । त्यसले आसन्न निर्वाचनमा सकभर दुई तिहाई नभए बहुमत त अवस्य प्रदान गर्छ ।

लोकतान्त्रिक गठबन्धन निर्माणको तयारी भएको छ । त्यो गठबन्धन बन्ला त ?
गैरवामपन्थी शक्ति अथवा पुँजीवादी शक्ति पनि आफूलाई एक ठाउँमा उभ्याउने कोसिस गर्दै छन् । तर, त्यो कोसिस सफल होला भन्ने हामीलाई लाग्दैन । किनभने पुँजीवादीहरू स्वार्थी हुन्छन् । स्वार्थ(स्वार्थबीच टकराव हुन्छ । त्यो टकरावले गर्दा उनीहरू एकताबद्ध हुन सक्दैनन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan