Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जनताको मन्थन बाम गठवन्धनलाई यस्तो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

पासाङ शेर्पा (अभियन्ता) । यो देशको वामपंथीहरुको योग्यताको कुरा गर्नु पर्दा विषेश महिमामयी रहेको छ , त्यो भनेको करिब ५५ वर्षदेखि निरन्तर माक्सवादी, सम्यवादको स्कुलिङ गरेर यहाँको जनताहरुलाई यस्तो एकोहोरो बनाएकी कम्युनिष्ट पार्टी मात्र ६५ वटा भइरहँदा र ५,६ जना कम्युनिष्ट नेता प्रधानमन्त्री भइकन पनि साम्यवादको प्रभाव नहुँदा पनि पनि जनताले यिनलाई भोट दिइनै रहन्छन् ।

यिनीहरुले यो लामा काल खण्डमा मित्र शक्ति र शत्रु शक्तिलाई विनाविराम यसरी तछार्दै रहेकी आफूले सुनेको मात्र समाचार, आफूले भट्याउने गरेको मात्र कम्युनिष्ट दर्शन आफुले पढाउने गरेका मात्र सिद्धान्त र सच्चा माक्र्सवादी भनेर आफूलाई आफैले अव्वल मान्दै रहे ५० औँ वर्ष सम्म ।

जबकी कम्युनिष्ट वामपंथीहरु एक ठाउँमा आउने र सहकार्य गर्ने नेपाली मौलिक संस्कृति बसाएको भएदेखि आजभन्दा करिब ३० वर्ष पहिला नै वामपन्थी कम्युनिष्टहरुको बहुमतको एकमना सरकार नेपाली धर्तीमा प्राप्त भइसकेको हुने थियो । ४, ५ दर्जन तथा कथित कम्युनिष्ट पार्टीहरुको दर्शन हुने थिएन, कथित जनयुद्धको नाममा १७ हजार नेपाली अर्थ न वर्थको बहकाउमा बहकिएर मर्नु पर्ने थिएन २०४५ सालको र ७२ सालको नाकाबन्दीहरु झेल्नु पर्ने नै थिएन ।

किनभने नेपालको परराष्ट्र नीति हरेक ९, ९ महिनामा कठपुतली सरकार फेरिंदैपिछे व्याख्या गर्नुपर्ने विद्यमान सरकारको जस्तो नभएर असंलग्नताको सिद्धान्त मुताविक पंचशिलमा आधारित दुवइतर्फको छिमेकीले भरोसा जताउने भावको आधार युक्त हुने थियो ।

आज २१ औँ शताव्दीको नेपाली धर्तीपुत्रहरु १० हजार देखि माथि ३०, ३५ हजार सम्मको रोजगार गर्न मुटुको एकटुक्रा जस्तो परिवार अनि योे स्वर्गजस्तो देशै छोडेर ४५ डिग्रीको तापक्रममा ५० लाख युवाहरु खाडी, मलेशिया तिर भौँतारिनु पर्ने थिएन र कृषि प्रधान देशको खेत  खलियान बाँझो पर्ने थिएन । अनि गोविन्द के.सी. ले सुलभ शिक्षाको नाममा पटक पटक अनसन बस्नुपर्ने थिएन ।

यस्को मतलप के हो भने निरंकुश भनिएको पंचायती व्यवस्थामा  भन्दा कांग्रेसी राजमा यतिधेरै विकृती र वेथितीहरु भएको महेन्द्रकालीन कालखण्डमा निर्माण गरिएको देशका पुर्वाधारहरु निजिकरणको नाममा सर्वनास गराउने देखि सुरक्षाको नाममा राजा विरेन्द्रको वंसनाश गराउने पुजादिल साहको, जमिम साह, फैजा अहमद, रण बहादुर वाम जस्तो हाइ प्रोफाइलका व्यक्तिहरु र हाल सालै शरद गौचन सम्मलाई दिन दाहाडै गोली प्रहार गरी नृशंस हत्या गर्ने संस्कृतिको विकास गरिएको छ भनेपछि अरु सर्वसाधारण कस्तो शान्ति सुरक्षा अपेक्षा गर्दा हुन् ।

राष्ट्रको स्वतन्त्र भनिएको न्यायपालिका देखि प्रहरी प्रशासनका मर्यादा रोलक्रम सबै मिचेर आफनो भजन गाउने धुपौरे ढोके हुक्के झोलेहरु प्रधान न्यायधीश र प्रधान पुलिसपति नियुक्त गर्ने जस्तो अति घृणित संस्कार बसाई दोहन गरिएको छ ।

कांग्रेसी नाजायज सन्तानको रुपमा चुणामणी शर्मा, गोपाल खड्का र सुमन श्रेष्ठहरु हिजआज सतहमा आएको उदाहरण्ीाय पात्रहरु हुन यहि प्रवृतिको कारण देशैभरी पुर्वाधारमा सानो ठूलो योजना परियोजनामा खर्च गरिने देशको हजारौँ करोड धनराशी आफ्नै आसेपासे ठेकेदारहरुलाई ठेक्का दिएको नौटंकी गराएर ठिक असार मसान्तको १,२ हप्ता पहिला वर्षा याममा एकैदिन ३१ अर्व सम्मको भुक्तानी दिएको चेक काट्नु लाएर लुटेर देशलाई कंगाल वनाउने केही ठूला कर्मचारी र केही ठेकेदार अनि विभागको माहानिर्देशक इन्जिनियर र विभागीय मन्त्रीहरु सवै रातारात करोडपति हुने कांग्रेसी मौलिकता चलनमा आएको छ अनि नेपाल आमालाई लुटेको पैसा क्यासिनोमा उडाउने कांग्रेसी कायदासंग जोडेर शास्त्रीय भाषामा भन्नु पर्दा द्रौपती रुपी नेपाल आमाको चिरहरण दुश्सासन रुपी कांग्रेसले लामो समयदेखि गर्दै रहँदा वालकोनीको साक्षी किनारबाट राम्ररी दृष्टिगोचर गर्दै रहने भिष्म पिता महहरु हुन वाम पंथीहरु भन्दा अत्युति नहोला किनभने यस्तो वेथिती मुलुकमा भइरहनु नदिने सामथ्र्य चाहेको भए वामपंथीहरुसंग पर्याप्त थियो र जनताहरु जहिले पनि त्यो आपेक्ष गर्दथ्यो ।

म मेरो पार्टी भन्दा पनि सिङगो राष्ट्रको भलाइ हेतु आ-आफ्नो तर्फबाट राजनैतीक पद प्राप्त भए पनि नभए पनि देशलाई समृद्ध बनाउन र जनतालाई उन्नत उद्यमशिल बनाउन महथिर महमतलाई सवैले होस्टेमा हैसे गरेजस्तै गरी कम्तीमा १०, १५ वर्ष सघाउने हो भने निश्चित रुपमा सर्वजन हिताय र सर्वजन सुखायको मन्त्रणा पुराहुने थियो ।

आजसम्म मञ्चन भएको नेपालका शासक कांग्रेस र वामपंथीहरुकै दशा र दिशा त्यो माहथिर महमतको पनि हुन्थ्यो भने आजको मलेशिया दर्शन हुँदैन थियो ।

भरखरै सम्पन्न भएको स्थानिय तहको चुनावले प्रवाह गरेको सन्देशले के भन्छ भने अब झनै सामान्तहरुको मात्र गुन्जायस छ ।

अन्यथा आर्थिक रुपले कम्जोर वर्गको कहिँ कतै गुन्जायस छैन भन्ने दृष्टान्त यो की एउटा गाउँपालिकाको अध्यक्ष प्रमुखको उम्मेदवारले ७०, ८० लाखसम्म खर्च गर्नुपर्ने वाध्यात्मक कांग्रेसी संस्कृति विद्यमान देखियो एउटा जनप्रतिनिधीको रुपमा चुनिएर सार्वजनिक जिवनमा स्थापीत हुनु भनेको वास्तवमा फुलटाइमर भोलनटियर, अथवा पुर्णकालिन समाजसेवीको रुपमा चिनिनु पर्ने हो, त्यो पनि हाम्रो देशजस्तो विकाशशिल देशमा त अब उप्रान्त २० वर्ष भ्रष्टाचार जन्य क्रियाकलाप कसैले कुनैपनि तहमा कुनैपनि प्रकृतिको नगर्ने प्रतिवद्धता सहित चुनाव लडनुपर्ने थियो तर भ्रष्टचारी ठहर भएकाले पनि चुनाव लड्नु पाउनु पर्ने विधेयक पो ल्याउने क्रममा पसिना बगाउँदछन् पुरातनवादी कांग्रेसहरु ।

कांग्रेसको कमाण्डर यस्ता छन् अत्यन्तै मर्याधित माहामहिम जस्तो पदमा पटक पटक विभुषित गरी विराजमान गराउँदा पनि त्यो प्युठानमा अरु त अरु कांग्रेस पार्टीकै कैयौँ होनाहार योग्यताले दिक्षित प्रशिक्षित दोश्रो  पुस्ताका नेताहरु थुप्रै छँदाछँदै पनि उनीहरुलाई चुनाव लड्ने मौका दिने परम्परा नभएको प्रमाण हो, दिपकुमार उपाध्याय । हरेक पार्टी शभापतिहरु तब मात्र पदवाट मुक्त हुन्छन्, जब पशुपतिको आर्यघाटमा अन्तिम संस्कार गरिन्छ त्यस्तै दिपकुमारको पनि त्यो प्युठानको हकमा त्यहि परम्परा लागुहुनेछ चाहे समय कालमा उहाँलाई राष्ट्रपति नै नियुक्त गरे पनि ।

कांग्रेसी राजमा त्यस्ता वग्रेल्ती नालायक संस्कार वनिएको छ की जुन कारणले यो देशमा अझै सैयौँ वर्ष सम्मपनि मुलुक समृद्धितर्फ अगाडी बढ्नु नदिने व्यापक तगारोहरु बनाएका छन् जस्तो यहि निर्वाचन प्रणाली अनुसार बहुमत ल्याएपनि आन्तरिक कलहको कारण बिचैमा जिम्मेवारीबाट भागेको, त्यसपछि त केवल ९ महिने ८ महिने सरकार चलाउनुमै आनन्द मानेर ४ जना शेर बहादुर ५ जना गिरीजाप्रसाद प्रधानमन्त्री बनाएर संसदीय प्रणालीको आदर्श पुजा गरेको र नेपालमा प्रजातन्त्र नामको रुखमा प्राण भरेको आदर्श वाक्य सुनाएर पराक्रम पुरुशार्थ गरेको वीरगाथा सुनाउँद छन् ।

वास्तवमा लुटतन्त्रको सम्सानमा कात्रोले बेहेरिएको अवस्थामा नेपाली प्रजातन्त्र कांग्रेसी दुर्गुणबाट उत्पन्न भएको कार्वनडाइ अक्साइड रुपी वेथितीको कारण कोमामा परेको छ । क्लाइमेट चेन्ज ग्लोवल वार्मिङको मारमा परेर पग्लिएर खुइलिएको हिमाल जस्तो सौन्दर्य विहिन छ नेपालको प्रजातन्त्र रक्षात्मक स्थिीतीमा पुगेको अवस्था हो ।

यसकारण अब उप्रान्त नेपाली मौलिकतामा प्रजातन्त्र लोकतन्त्रको महिमापुर्ण परिभाषा वामपंथीहरुले नविन ढंगले दिनुसक्नुपर्छ, समाजको हरेक क्षेत्रमा प्रजातन्त्र परिभाषीत हुनुपर्छ ।

जस्तो नरेन्द्र मोदीलाई आरएसएसको क्याडर हिन्दु धर्मका उन्मादीको रुपमा सारा विपक्षीहरुले जतिनै आलोचना गरेता पनि विश्वभरिको समृद्ध राष्ट्रहरुमा भारतीय धर्तीमा कार्यन्वयन भइरहेको डेमोक्रेसीको बारेमा नयाँ सिरावाट व्याख्या गर्दा सारा युरोप अमेरिकाको ग्लोबल पोलेटिक्स गर्ने हरुले नम नम गरेका छन् भने समाजवादी भनौदा मुलायम अखिलेश मायावती असुददिन ममता दिदी अनि प्रजातन्त्रको ठेकेदार कहलिएका राहुल गान्धीहरु गरुडरुपी नरेन्द्र मोदीको छायाँमा लटपटिएको सर्प जस्तै भएको अवस्थालाई याहाँको वामपंथीहरुले पुनर वृती गराउनुपर्छ, जसरी रणनितीक रुपले कांग्रेश मुक्त भारत निर्माणमा जुटेकाछन् न्यू इन्डिया मेकिङ इन्डिया, डिजिटल इन्डिया क्लिन इन्डिया जस्तो कार्यक्रमको साथ साथै सबका साथ सबका विकास नामको अत्यन्तै मर्मस्पर्शी नाराको बेगले हुत्याएर त्यहाँका साम्यवादी सितारामहरु समाजवादी यादवहरु र कांग्रेस आइ त्रिमुल कांग्रेश धमाधम किनारा हुँदैछन् ।

यसर्थ हाम्रो देशको पनि वामपन्थीहरुले अन्यथा नमान्ने हो भने मोदीले अपनाएको शुत्र नै प्रयोग गर्नुपर्छ । त्यो भनेको खाशगरी फरेन पलिशिमा व्यवहाररत अत्यन्तै सुझवुझपुर्ण कुटनीतिक डिप्लोमेसीको प्रयोग हुनुपर्छ, दुवई छिमेकीलाई मान्य ग्राह्य स्थिीतीको ।

हाम्रा वामपंथी खासगरी एमाले र माओवादी केन्द्रको बिचमा रहेको मत भिन्नता भनेको एउटा पहिचानवादी र अर्काे पहिचान विरोधी भनेर धुवाधार प्रचार गरिन्छ, अर्काे कुरा एमाले नौलो जनवादी क्रान्ती सम्पन्न भएको मान्छ भने माओवादीहरु अझै सामन्तवाद विद्यमान रहेको त्यसकारण अझै पुँजीवादी क्रान्ति गर्नु बाँकी रहेको निष्कर्श सुनाउँछन् ।

यो पंतीकारको तर्फबाट खासगरी यी दुई घटकलाई एक हुँदै गर्दा केहि सुझाव दिन चाहन्छु जनताको तर्फबाट यस्तो एकल स्वयम् मनथनगरी निकालीने निश्कर्षहरुबाट दुई कदम अगाडी बढेर नेपाली धर्तीमा त्यागमय योगदान गर्नुस कम्तिमा २० वर्ष यो प्रसिद्ध गौतम बुद्ध अरनिको लक्ष्मिप्रसाद सिता र भृकुटीलाई जन्म दिने पवित्र धरा स्वर्गमा रुपान्त्रण हुनसक्छ र विश्वलाई अचम्वित पार्ने असल सन्देश दिनु सक्नुहुनेछ नेपाली वामपंथीको तर्फबाट । युरोप अमेरिका जाहाँ पनि तपाई नेपाली वामपन्थीहरुको जयजयकार हुनेछ ।

परिवर्तीत सन्दर्भमा छोडिदिनु पर्छ जातैपिच्छेको पहिचानको पैरवी गर्न र माक्सवाद र माओवादको रटान लगाउन यो संविधानलाई संसोधन गरिहाले पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली मात्र बनाएर जस्ताको तस्तै रहन दिनुपर्छ र संपुर्ण बौद्धिक प्राज्ञिक सर्कल देखि आम जनताको जिवनस्तरमा परिवर्तन ल्याउने नयाँ नयाँ कार्यक्रमहरु हरेक क्षेत्रलाई समेटेर दिनुपर्छ नरेन्द्र मोदीले जस्तै गरी । 

हुनत कम्युनिष्टहरु धर्मलाई अफिम मान्छ भन्छन् र पनि नेपाली समाजमा तपाईहरु नरेन्द्र मोदीले जस्तै प्रभावकारी ढंगले पुरुशार्थ गर्नु चाहनुहुन्छ भने हाम्रा राष्ट्रिय विभुती पुर्वजहरुको निशंकोच सर्मथन र प्रशंसा गर्नु थाल्नुहोस् ।

जस्तो लुम्बिनीमा पुगेको समयमा त्यहाँको माटोलाई तिलक मानेर शिरमा लगाउनु होस र संकल्प गर्नुहोस गौतम बुद्धले जतिकै प्रसिद्धि कमाउनुको लागि सद्वुद्धि र अदम्य शाहस प्राप्त होस भनेर संकल्प गर्ने गर्नुहोस कांग्रेसी राजमा बिग्रिएको तपाईको भ्रष्ट चरित्र अनैतिक अशिष्ट कर्महरु गर्नबाट बचेर केवल राष्ट्रहित र दुनियाँको परोपकारमा लगनले लागि रहने भावनाको प्रवाह भएर तपाईको शरिर तपाईको मन वचन कर्मले तपाईको योग्यता र तपाई संपुर्ण निष्ठाले कांग्रेसले ४०, ४५ वर्षसम्ममा गरेको दुर्गन्ध सफागरी यो धर्तीलाई वास्तवमै तेतिसकोटी देवताको वास स्थानमा स्थापित गर्नुहुनेछ र नेपाली समाजको शिष्टाचार पनि देवगणको जस्तै हुनेछ ।

तपाईहरु पृथ्वी नारायण साहको प्रशंसा गर्दै प्रेरणा लिने वाक्य बोल्नु थाल्नुहोस् डोटीमा पुगेको बेला सैलेस्वारी देवीको दर्शन गर्नुहोस काभ्रेमा पुगेको बेला चण्डेश्वरी र पलान्चोक भगवतीको दर्शन गर्नुहोस, गोरखामा पुगेको बेला मनकामना माइको दर्शन गर्नुहोस दोलखामा भिमेश्वर भिमसेनको दर्शन गर्नुहोस, संखुवासभामा सिद्धकाली अनि ताप्लेजुङमा पाथिभरा, खोटाङमा हलेसी माहादेवको दर्शन, पश्चिममा स्वर्गद्धारीको दर्शन अवश्य गर्नुहोस यस कामले परोक्ष रुपमा आन्तरिक पर्यटनको प्रवर्धन हुनेछ भने यहिे हो नेपाली समाजको अनुपम सामुहिक पहिचान आज अडियो भिडियोको जमाना छ पुरै देशवासीले हेर्नेछ र यो आस्थाको केन्द्रहरुसंग हरेक व्यक्ति जोडिएका छन् तिनको मत पनि तपाई वामपंथी हरुको खातामा जम्मा हुनसक्छ, राप्रपाले जस्तो तथा कथित हिन्दु राष्ट्रको नारा लगाइरहनु पर्दैन ।

सार्वजनिक जनशभामा भाषण गर्दा भन्नु थाल्नुहोस मास्र्कस, लेनिन्, इस्टालिन गोर्वाचोव र पोलपोटको कुरा नगरेर मानीलिनुहोस काठमाडाँै उपत्यकाभित्रको शभाहरुमा बोल्नु पर्दा अन्याय नसहने पौराणीक कालका न्यायमुर्ती साक्षात देवीहरु जस्तै शोभा भगवती र भद्रकालीको धर्ती हो यसर्थ यि मातादेवीहरुसंग प्रेरणा लिएर यिनको प्रतिनिधिको रुपमा हामीहरु एकले अर्काको कल्याण गर्दै अगाडी बढ्नुपर्छ भनेर हुँकार गर्नुहोस साँखुमा बज्रयोगीनिको नामलाई उच्चारण गर्दै आफ्नो कार्यक्रमको प्रस्तुती दिनुहोस सुनमा सुगन्ध हुनेछ र भन्नुहोस कसैले कोही उपर अन्याय अत्याचार अव उप्रान्त नगर्नुहोला यदि अब पनि त्यसो गरिएमा तपाई असुर तथा दानवको रुपमा चित्रण गरेर समाजवाट बहिस्कार गरिनेछ, भन्ने आँट गर्नुहोस् ।

क्षेत्रका इनशान मात्र नभएर भित्ता पाखा र त्यहाँका वनस्पतीले समेत तपाईको जयकार गाउनेछ । वामपंथीहरु यसरी एक ठाउँ नहुनुमा कुनै बेला माधव नेपाल र वामदेव अनि सिपी गजुरेल र मोहन वैद्यहरुको भूमिका रहेको मानिन्छ माधव नेपालको दिमागमा तब मात्र चेत खुल्यो जब रौतहटमा निल भएपछि माओवादीहरु तब राजी भए सरकारमा रहेर पनि मुस्किलले तेश्रो भएपछि सपना सवै हुरिले उडाएपछि बाबुरामले स्थगित गरे नयाँ शक्ति नामको दिवास्वपना ।

अबको वामपंथीहरुले अनिवार्य अध्ययन गर्नुपर्ने दर्शन भनेको सर्वाङगीण वुद्ध दर्शन  हो । यो वुद्ध दर्शन माक्र्सवाद भन्दा पनि गतिशिल छ र समाज रुपान्त्रणमा जहिले पनि एक कदम अगाडी रहेको छ । अफसोज के छ भने याहाँ तिवतियनले जवर जस्ता रुढीवादी लोकाचार गराएको हुँदा यहाँको आदीवासी बौद्ध धर्मावलम्वीहरु घरको न घाटको भएको र तस्करीमा निलिर्पत भएर केहि अशोभनिय जस्तो लागेको मात्र हो ।

यथार्थमा बुझने हो भने बुद्ध दर्शन अनेकौं विद्यामा परिपुर्ण छ २५ सयवर्ष पहिला नै समतामुलक समाजको पैरवी गरेको पाइन्छ भने वहुजन हिताय र वहुजन सुखायको मन्त्राणाले उत्कृष्ट साम्यवाद को परिकल्पना गरिएको छ भने छुवाछुत भेदभावको उन्मुलन गर्नुपर्छ भनेको पाइन्छ ।

जुनकारणले सामाजिक न्यायको परिकल्पना गरिएको छ, अनात्मवादी विचार अन्तरगत प्रत्यता समुतपातको शुत्र अघि सारिएको छ यो भनेको भौतिकबादी तर्कले आत्मा हुने नहुने सन्दर्भलाई बहस गर्ने माध्यमको रुपमा पेश गरेको शुत्र हो । तन्त्र ग्रन्थ र तन्त्र विज्ञानमा विश्वास नगर्ने वुद्ध दर्शनलाई थेरवादी भनिन्छ यिनीहरुलेनै दुनियाँमा आफ्नो नाम र आफ्नो देशको नाम उचलेका छन् ।

यहि बुद्ध दर्शनमा अध्यात्मको कुरा गर्ने हो भने सम्मोहन, वसिकरण, उताशन, मेडिटेशन र विपाश्यानको माध्यमबाट आफुलाई शरणगती भावमा लिनगराई आध्यत्मीक लाभ उठाउन सक्छ त्यसकारण बुद्धका अनुयायीको रुपमा प्रस्तुत भएर नेपाली वामपन्थको पहिचान बनाउनुहोस ।

तपाईहरुसंग हातमा हात दिन काँधमा काँध दिन दुनियाँको सबै राष्ट्रका शासकहरु आउनेछन् बुद्धको दुरदर्शी चिनतन अनुरुप अहिँसावादी पंचशिलामा आधारित  परराष्ट्र नीति अपनाउनुहोस मोदी र सिलाई पनि सुपाच्या हुनेछ । तपाई वामपंथीहरुलाई यो पनि ज्ञानहोस भारतको केरलामा रहेको वामपंथीहरु अब हुनेवाला विधान शभाको चुनाव द्धारा भारतीय धर्तीबाट लगभग कम्युनिष्टको विदाई हुँदैछ ।

यसर्थ तपाई नेपालको वामपंथीहरुको अवस्था भनेको गर की मर को अवस्था हो, माक्र्सवादी माओवादी दर्शनको स्कुलिङ अब उप्रान्त नेपाली जनतालाई जरुरत छैन, पृष्ठभुमिमा लोक कल्याणकारी कार्यक्रमहरु कार्यान्वयन गर्दै बुद्धले फर्माएको पंचशिलमा आधारित विश्व भाइचारा निर्माण गरेर वसुदैव कुटुम्वकमको मन्त्रणा सदैव वाचन गर्ने अनि गायत्री मंत्रको साथमा हरेक प्रभातमा सर्वेभवन्तु सुखिनाको संकल्प गर्ने गर्नुहोस् ।

यदी मैले सुझाएको सु मार्गवाट तपाईहरु अगाडी बढ्नु भएन र कसैले राष्ट्रपति नपाएको झोकमा कसैले परराष्ट्र मन्त्रालय नपाएको झोकमा कसैले पार्टीको अध्यक्ष माहासचिव नपाएको झोंक देखाएर अझैपनि पार्टी फुटाएर ठूलो मान्छे हुने जमर्काे गरेमा तपाईको बोली काँहि विकनेवाला छैन र तपाईको हैशियत एउटा फुटपाथमा पानीपुरी बेच्ने पात्रको भन्दा बढी हुने छैन ओह्रालो लागेको मृगलाई पाडोले लखेटेझै कांग्रेसले लखेट्ने छन् तपाईँ वामपन्थी भनाउदाहरुलाई । 

भने दुनियाँ भरिको एकमात्र नेपाल भन्ने गोलाद्र्धमा अलिकति बाँकी रहेको कम्युनिष्ट नामको जड सदासदाको निमित्त समाप्त हुनेछ । नेपाल र नेपालीको उन्नती समृद्धिको विकल्प कांग्रेस हुनै सक्दैन तर निकट भविश्यमा अखण्ड भारतको उदय भएपछि मात्र कायकल्प हुनेछ नेपालको र आम नेपाली अनुहारमा मुस्कान, परिवारमा मिलन, टोलटोलमा रोजगारी हुनेछ ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan