Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रिलायन्स फाईनान्सको २३ करोड रुपैयाँको हकप्रद स्वीकृत

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ असोज । नेपाल धितोपत्र बोर्डले रिलायन्स फाईनान्स कम्पनीको २३ करोड छ लाख ५७ हजार एक सय ६० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको प्रस्ताव स्वीकृत गरेको छ ।

बोर्डले बुुधबार उक्त फाईनान्सलाई एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी हाल कायम रहेको चुक्ता पुंजीको १० बराबर चार दसमलव पाँचको अनुपातमा २३ लाख छ हजार पाँच सय ७१ दसमलव ६० कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुुमती दिएको छ ।

फाईनान्सको सेयर निष्काशन तथा बिक्री प्रवन्धककोरुपमा सनराईज क्यापिटल लिमिटेड रहेको छ । फाईनान्सले आर्थिक बर्ष २०७३—०७४ को चौंथो त्रैमासिक अवधिमा १० करोड ९८ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाईनान्सको यस्तो मुनाफा आठ करोड ६५ लाख २६ हजार रुपैयाँ रहेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan