Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan

बनियानी, झापा, २६ असोज । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै दलालले रकम ठगी गरेपछि एक परिवारको बिचल्ली भएको छ ।

आफ्ना पति ओमनारायण राजवंशीलाई वैदेशिक राजगारीमा पठाइदिने भन्दै दलालले रु दुई लाख ८० हजार ठगी गरेपछि बिचल्ली भएको गौरीगञ्ज गाउँपालिका–१ की बबिता राजवंशीले बताउनुभयो । झापा पृथ्वीनगरका रोशन खतिवडाले आजाद भिसामा साउदी अरब पठाइदिने प्र्रलोभन देखाएर उक्त रकम लिएको बबिताले बताउनुभयो ।

“राम्रो कम्पनीमा काम लगाइदिने भनेपछि दुई कट्ठा जग्गा धितो राखेर ऋण लिएका थियौँ”, पीडित बबिताले रासससँग भन्नुभयो, “न विदेश पठायो न पैसा नै फिर्ता गरेको छ, धितो राखेको जग्गा पनि लिलाम हुन लागेको छ ।” ऋणका कारण आफूहरुलाई ठूलो आर्थिक संकट आइपरेको उहाँले सुनाउनुभयो ।

राजवंशी परिवारले रकम फिर्ता गराइदिन भन्दै निवेदन दिएको छ । बिर्तामोडमा मेनपावरको एजेण्टका रुपमा काम गर्दै आएका खतिवडा हाल दुबईमा रहेको बताइएको छ । उहाँकी श्रीमती रिमा श्रेष्ठ खतिवडाले पैसा तिर्न प्रयास गरिरहेको बताउनुभयो । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan