Wednesday 13th of December | २०७४ मङ्सिर २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उपप्रधानमन्त्रीसँग कलाकारको भेट

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौँ, २६ असोज । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल चलचित्र सङ्घ, कलाकार सङ्घ र निर्देशक समाजका प्रतिनिधिले आगामी नोभेम्बरमा अमेरिकाको टेक्सासमा हुने ‘मोसन पिक्चर अवार्ड–२०१७’ बारे जानकारी गराएका छन् ।

उपप्रधानमन्त्रीको कार्यकक्षमा उनीहरुले अवार्ड सार्वजनिक गर्नका लागि सहयोग गर्न आग्रह गरेपछि उहाँले आफ्नो तर्फबाट सहयोग हुने विश्वास दिलाउनुभयो ।

भेटमा नेपाल चलचित्र सङ्घका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्देशक ऋषि लामिछाने, चलचित्र कलाकार सङ्घका महासचिव सरिता लामिछाने, वरिष्ठ कलाकार सुनिल थापा, कलाकार कविता शर्मा, हल व्यावसायी मधुसूधन प्रधान र गोपालकाजी कायस्थ सहभागी हुनुहुन्थ्यो । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan