Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से सुचक तथा कारोवार रकम दुुबैमा बृद्धि (तालिका–सहित)

कसले कमायो–कसले गुमायो ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ असोज । साताको अन्तिम कारोवार दिन बिहिबार नेप्से सुचक तथा कारोवार रकम दुुबै नै बढेको छ । आज नेप्से चार दसमलव तीन अंकले बढेर १५ सय १० दसमलव दुुई अंकमा पुुगेको छ भने सेन्सिटिभ एक दसमलव १३ अंकले बढेर तीन सय १७ दसमलव ६३ अंकमा पुुगेको छ । 

कुुल एक सय ५४ कम्पनीहरुको चार हजार चार सय २६ वटा कारोवारमा आठ लाख ९९ हजार तीन सय ३६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४० करोड ४८ लाख छ सय एक रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज सबैगरी कुुल आठ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको कारोवार सुचक बढेर बाँकी समुहको कारोवार सुचक घटेको छ । बाँणिज्य बैंक समुहको सुचक दुई दसमलव एक अंकले बढेर १२ सय ९५ दसमलव ७८ अंकमा कायम रहेकोमा १४ करोड ११ लाख ३५ हजार रुपैयाँको कारोवार भएकोे छ ।

ट्रेडिङ र अन्य समुहको सुचक पनि आज सामान्य अंकले बढेका छन् । बिकास बैंक समुहको सुचक पाँच दसमलव ४२ अंकले घटेर १८ सय ३९ दसमलव २५ अंकमा कायम रहेकोमा पाँच करोड चार लाख ७४ हजार पाँच सय रुपैयाँको कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक सात दसमलव तीन अंकले घटेर १७ सय ९३ दसमलव ३२ अंकमा कायम रहेकोमा आठ करोड १७ लाख ९५ हजार तीन सय रुपैयाँको कारोवार भएको छ । फाईनान्स समुहको सुचक तीन दसमलव १३ अंकले घटेर सात सय ७१ दसमालव ९५ अंकमा कायम रहेकोमा एक करोड ७६ लाख ३३ हजार छ सय रुपैयाँको कारोवार भएको छ । यसबाहेक होटल र बीमा समुहको सुचक पनि आज घटेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा रिलायन्स फाईनान्स परेको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा सिर्जना फाईनान्स परेको छ । रकम कारोवारका आधारमा भने चिलिमे हाईड्रो पावर कम्पनी अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य बढेको मुल्य
१  रिलायन्स फाईनान्स     २१०  ५.५३
नेपाल दुरसञ्चार कम्पनी      ७८० ४.५६
जनरल फाईनान्स     १२७  ४.१०
नेपाल इन्स्योरेन्स कम्पनी     १४०४
५  किसान माईक्रो फाईनान्स     २४३० ३.६२

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम    कारोवार भएको मुल्य   घटेको मुल्य
सिर्जना फाईनान्स       ५४९ ४.८५
रिडी हाईड्रो पावर      १६३  ४.६७
प्राईम बैंक (संंस्थापक)   २६५     ३.६३
४  आईसीएफसी फाईनान्स       २२६ ३.४१
एनबी इन्स्योरेन्स    ११५०    ३.३६

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम  कारोवार भएको रकम अन्तिम मुल्य
चिलिमे हाईड्रो पावर कम्पनी    ७२०६४२२२ ८३८
नेपाल दुरसञ्चार कम्पनी   ३५०९८१७०  ७८०
३  कुमारी बैंक      १७७२१६८६ २९०
४  स्टान्र्डड चार्टड बैंक   १४३५९८८८   २११४
नेपाल लाईफ इन्स्योरेन्स    ७८७८०१२ १९८८

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan