Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिलावरलाई तामा बनाउने उद्यमी यी हुन् !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २६ असोज । इकरात नामको ट्रान्सफर्मर उद्योगका 'पायोनियर' कुशकुमार जोशीको उद्यम यात्रा लामो छ । उनी सिलावर हालेर ट्रान्सफर्मर बनाउने र तामाको भनेर पैसा अशुल्ने उद्यमी पनि हुन् ।

यही सिको गरेर चीनबाट आयात गरिएको नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मरमा पनि सिलावर भेटिएपछि फिर्ता गरिएको थियो । त्यो ठूलै काण्डका रुपमा चर्चित छ ।

तर नेपाली भएका कारण कुशकुमारले काण्डलाई छोपछाप पार्दै आएका छन् । तथापि हेटौंडाथानकोट सुरुङ मार्गमा जनताको जग्गा, गाईभैंसी, ऋणको पैसा उठाएर भ्रष्टाचार गरेको कलंकले यिनलाई कहिल्यै पनि नछोड्ने निश्चित भएको छ । पूर्वाधार कम्पनी खडा गरेर यिनले मच्चाउनु भ्रष्टाचार मच्चाएका हुन् ।

यी चैनपुरे जोशी, नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष सम्म पनि भए । महासंघलाई नेवाःगुठी बनाउने यिनी प्रमुख पात्र थिए । बल्ल आएर महासंघ बिस्तारै काँचुली फेर्न थालेको छ । तथापि गुठीबाट आक्रोसित समूहले महासंघभन्दा बलियो नेपाल उद्योग परिसंकट बनाइसकेका छन् ।

सुरुमा थाइल्यान्डबाट ट्रान्सफर्मर लगायत अन्य विद्युतीय उपकरण नेपालमा सप्लाइ गर्न थालेका कुशकुमारले इकरात नामको कम्पनीबाट ट्रान्सफर्मर निर्माण र व्यापार गरिरहेका छन् ।

थाइलेण्ड अथवा अन्यत्र बेच्ने ट्रान्सफर्मर गुणयुक्त र नेपालमै बेच्ने चाहिं कमशल सप्लाइ गर्ने गरेका छन् । नेपालमा बढी कमिशन दिनुपर्ने उनको दावी रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan