Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

घुस लिदै गर्दा भूमिसुधारका प्रमुख पोखरेल पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुमिसुधार कार्यालय सप्तरीका प्रमुख प्रकाश पोखरेललाई १ लाख रुपैयाँ घुस लिदै गर्दा पक्राउ गरेको छ ।

मोहियानी जग्गा वाँडफाँड सम्बन्धी विषयमा सेवाग्राहीसित एक लाख घुस लिदै गर्दा पोखरेललाई पक्राउ गरिएको अख्तियारको पुर्वान्चल क्षेत्रीय कार्यालयका प्रहरी उपरिक्षकले जानकारी दिए ।

पोखरेलले पछिल्लो एक हप्तादेखी सेवाग्राहीसित मोहियानी जग्गा बाँडफाँड सम्बन्धी विषयमा घुस रकम माग्दै आएका थिए । पीडितले अख्तियारलाई जानकारी गराएपछि पोखरेललाई आज दिउँसो घुसरकम सहित नियन्त्रणमा लिईएको प्रहरी उपरिक्षकले बताए । 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan