Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वैद्य र चन्दको पोखरामा जमघट

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौँ, काठमाडौं, २६ असोज । गणतन्त्रात्मक व्यवस्थाले ल्याएका उपलब्धिको समेत रक्षा गर्न त कताकता ध्वंस गर्ने योजना बनाउँदा असफल भएको नेकपा केन्द्रीय समितिको बैठकमा तल्लिन छ । पार्टीका केन्द्रीय सदस्यहरुलाई शुक्रबार सम्पर्कमा पुग्न सर्कुलर गरेको त्यो पार्टीले वामध्रुवीकरण, प्रदेश–संसद्को चुनाव ध्वंस गर्ने रणनीति तयार गर्न केन्द्रीय समितिको बैठक पोखरामा आयोजना गरेको छ ।

प्रदेश तहमा स्थानीय चुनाव हुँदा चुनाव पक्षधरहरुलाई हावाकावा बनाउने हल्ला पिटाएको यो समूहले आगामी निर्वाचन ध्वंस गर्ने भनेको छ । मोहन वैद्य पक्षको पनि पोखरामा पार्टी अधिवेशन भइसकेको छ । मोहन वैद्य, मोहनविक्रमसँगै अक्टोबर क्रान्ति पक्षधर भनेर कार्यगत एकता गरेको नेकपालाई वैद्य र सिंहले स्थानीय चुनावमा छाडेका थिए ।

संघ र प्रदेशको चुनावमा पनि राष्ट्रिय जनमोर्चा र देशभक्त गणतानित्रक मोर्चाले भाग लिने घोषणा गरेका छन् । एमाले र माओवादीको एकतालाई चुनावी स्वार्थको एकता पनि भन्ने चुनावमा साथ उनीहरुकै लिनुपर्ने यी क्रान्तिकारीहरुप्रति नेकपाको विश्लेषणको ?

पार्टीको नाम जे राखे पनि नेत्रविक्रम चन्दको क्रान्तिकारी भाषणले फेरि देशमा युद्धको खाँचो देख्छ । तर, जनता तत्काल युद्धको पक्षमा छैनन् । १९ हजारको मृत्युले ल्याएको संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षाताको व्यवस्थापन गर्दै लगेको छ । सिंहदरबारको अधिकार स्थानीय तहमा पुगेको छ ।

तर, १३ हजार वेपत्ता र घाइते अपाङ्गहरुले केही पाएका छैनन् । चन्दले उठाउने जनतामा आकर्षण दिलाउने मुद्दा यो थियो तर संसद चल्दै गर्दा संविधानसभाले संविधान जारी गर्दै गर्दा चन्दको गर्जन चर्केन ।

उनी त्यो बेला ध्वंस र युद्धकै प्रशिक्षणमा लागे । अब देश चुनावी माहोलमा गइसक्यो । मधेसमा राजपा र संघीय समाजवादीबीच चुनावी तालमेल हुँदैछ । एमाले, माओवादी, नयाँ शक्तिको देशभर चुनावको तालमेल हुँदै गर्दा नेकपा पश्चिमको एउटा कुनामा व्यवस्था नै ध्वंस गर्ने कस्तो रणनीति तयार गर्लान् ?


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan