Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रियतामा आँच आउने सम्भावना

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

कृष्ण प्रजापति, देशमा लामो समय अगाडिदेखि अस्थिर सरकारको कारण यहाँ विकास निर्माण र विभिन्न खालका अन्यौल कायम भइरहेको हामीलाई थाहा नै छ । कुनै बखत भारतले नेपालको सदनमा भारतीय गुप्तचर उपस्थित गराई यहाँका हरेक गतिविधि भारतमा पु¥याउने परम्परा बसालेको थियो ।

त्यस अपमानजनक कार्यको रोकथाम राजा महेन्द्रले गरेका थिए । अब आएर फेरि पनि एकपल्ट नेपाल भित्र हुने हरेक गतिविधिमा भारतीय पक्षको प्रत्यक्ष निगरानिको सम्भावना बढ्दै गइरहेको देखिन्छ । भनौं कि अहिले आएर पुनः एकपल्ट हाम्रो राष्ट्रियता माथि नै ठूलो खतरा उत्पन्न भैरहेछ ।

हुन त प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा भ्रमण गरेको बेला १२३ जना नेपालीको ज्यान जाने गरी तराई दुवानमा पर्ने गरेको घटनालाई नउठाइकन बरु वर्तमान संसदमा आफूहरुले दुईतिहाई बहुमत पु¥याउन नसकिएकाले यो पल्ट संविधान संशोधन गर्न पाएनौं, अर्कोपल्टको सदनमा दुईतिहाई बहुमत पु¥याएरै संविधान संशोधन गर्नेछौं भनी भारतीय समकक्षी नरेन्द्र मोदी सामु बचन दिएर फर्केका थिए ।

त्यतिबेला सो अभिब्यक्तिको वास्तविक आसय बुझ्न नसकेर नेपाली जनता अनेकौं खालका अथ्र्याएर बसेका थिए । तर अहिले आएर कुरा स्पष्ट भैसकेको छ कि भारतले आफ्नो घोडा फेर्ने काम गर्न लागेको छ ।

नेपाली कांग्रेसको नेतृत्वको सरकारले गर्न नसकेका कामलाई एमाले, माओवादी केन्द्र र त्यहीं पार्टीबाट अलग्ग हुन पुगेको डा.बाबुराम भट्टराईको नयाँ शक्ति नेपालको तर्फबाट गराउने दाऊ भारतले खोजिरहेछ । यसरी एकजना मालिकले आफ्नो नोकर फेर्ने जस्तो कार्य भारतीय पक्षले गरिरहेको देखिन्छ ।

भारतले लामो समयदेखि नेपालको भू उपयोग भन्दा पनि जलसम्पदा उपभोग गर्ने नीति अगाडि सार्दै आइरहेको छ । हिमालबाट बहने स्वच्छ र सुन्दर पानीको कारण यहाँका प्राकृतिक श्रोत सम्पदाहरु अत्यन्तै आकर्षित पनि छन् । अहिलेसम्म भारतले त्यसैलाई ताकिरहेको हो ।

कोशी, गण्डकी निलिसकेर पनि भारत सन्तुष्ट हुन सकिरहेको छैन । अहिले पनि कर्णाली, रापती, बागमती, मेची देखि जहाँसम्म नेपालबाट बगिरहेका नदी नालाहरु छन्, ती सबैलाई आफ्नो अधिनमा ल्याउने प्रयास गरिरहेको छ । त्यसको लागि भने नेपालको संविधान संशोधन गर्नु अत्यावश्यक कुरा भैरहेको छ ।

भारतले भने झैं संविधान नेपालमा जारी नगरिएको एउटै निहुँ थापेर दुई वर्ष अगाडि भूकम्पबाट आक्रान्त नेपाली जनतालाई ढाड नै भाँचिने गरी भारतीय पक्षले नेपालमा नाकाबन्दीको मार लाडियो । त्यसैगरी संविधान जारी गरेको बखत पनि आफ्नो आदेश व इच्छा अनुरुप नभएका कारण घोषणा रोक्न अनेकौं उपयाहरु अबलम्बन गरेका थिए ।

तर नेपाली जनताको आदेशलाई शिरोपर गरी नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले त्यतिबेला कसैको दवावमा नपरी राष्ट्रिय आवश्यकतालाई बुझेर आपूmहरुले जसरी तयार गरेको हो, त्यहीं अनुसारको नयाँ संविधान जारी गरेको थियो ।

त्यसपछि पनि भारतको चलखेल भने यहाँ समाप्त भएको पाईंदैन । भारतमा बोलाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो बच्चालाई हप्काए झैं प्रधानमन्त्री शेरबहादुर देउवालाई हप्काए, गाली गरे र किन संविधान संशोधन गर्न सकिएन भनी स्पष्टिकरण समेत माग्यो ।

त्यो बेला त्यसको स्पष्ट उत्तर दिन नसकेर देउवाले अब आउने सदनमा आफ्नो दुईतिहाई बहुमत पु¥याएर संविधान संशोधन गरौंला भन्ने आश्वासन दिएर लुसुलुसु नेपाल फर्कन पुग्यो । यो आश्वासन अर्धकाँचो भएकोले हुनुपर्दछ नेपाली कांग्रेसले भन्दा पनि भारतले यसको भब्य तयारी अगाडि बढाइरह्यो ।

परिणामत आज एमाले संगसंगै माओवादी केन्द्र र नयाँ शक्ति नामक शक्तिहरु प्नि सति जान तयार भैरहेका छन् । यो समय भारत परस्त भएर एमालेले काम गरी देखाउने प्रवल सम्भावना बढिरहेको छ । तर यो कार्य प्रति आफूहरु अत्यन्तै अनभिज्ञ भनी स्पष्टिकरण दिने हिसावले ‘सरप्राइज’ भएको धारणा भारतीय पक्षले बाहिर ल्याइरहेका छन् ।

महाकाली सन्धी पारित गराउनका लागि पार्टी समेत विभाजन गरेको एमाले पार्टीले आफ्ना नेताहरुलाई दिल्ली भ्रमण गराउने बिटिक्कै प्रधानमन्त्री हसुर्ने मौका पाएको अनुभव र अल्पमतको एकमना सरकार सञ्चालन गरेर पनि भारतको त्यतिकै साथ र समर्थन कायम गर्न सफल एमाले पार्टी, आफ्ना प्रमुख नेताहरु नै दिल्लीमा बसेर नेपालमा बिद्रोह मच्चाएको माओवादी केन्द्रका अध्यक्षको चाला र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको ब्यवहारले उनीहरु भारत परस्त होइन भनी कसरी भन्न सकिएला र ? उनीहरु नै आफूहरु भारतको शरण परी नेपालमा उपद्रो गराएर १५ हजार नेपालीको ज्यान लिने अपराधीहरु हुन् ।

यसरी को भन्दा को कम भन्ने प्रतिश्पर्धामा आज नेपाली कांग्रेस भन्दा पनि भाई कांग्रेसहरु भारतपरस्त देखिरहेको छ । यो समयमा तीन पार्टीहरु एक स्थानमा बसेर मंसीर १० र २१ गते हुने प्रदेश सभा र संघीय राज्यको चुनावमा भाग लिने र त्यसपछि लगतै पार्टी एकीकरण गर्ने कुरा भारतकै चलखेल हो भन्ने अनुमान लगाउन त्यति गाह्रो छैन ।

भन्नलाई त एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालको यो तालमेल र एकताको प्रस्तावलाई कम्युनिष्ट एकता भन्ने हल्ला पनि फिजाइएको छ । तर एमालेले पहिला नै कम्युनिष्ट आचरण छोडिसकेको, माओवादी केन्द्र पनि नाम मात्रैको कम्युनिष्ट र काम भने माओवादी बनेर माओवादको नाममा माओ त्सेतुङ विचारधाराको बदनाम हुने कार्य गरिरहेको र नयाँ शक्ति नेपालले त सुरुदेखि नै अगाडि आफूहरुले समाउँदै आएको हँसिया हठौडा अंकित झण्डा नै परित्याग गरी सम्पूर्ण विकासवादी शक्तिहरुलाई समेट्ने नीति अंगिकार गर्दै आएकाले पनि यिनीहरु कम्युनिष्ट पार्टीहरु होइनन् भन्ने स्पष्ट देखिन्छ ।

यो गठबन्धन वा एकता कम्युनिष्ट एकता त हुँदै होइन बरु राष्ट्रियतामा समेत खतरा निम्त्याउने नेपाली कांग्रेसले दुई तिहाई बहुमत पु¥याएर संविधान संशोधन गरी भारतलाई रिझाउन नसकेको स्थानमा अब आपूmहरुले निर्वाचनमा दुईतिहाई बहुमत पु¥याएर संविधान संशोधन गरी देखाउने उद्देश्यले भएको अस्वस्थ गठबन्धन मात्रै हो भन्न कर लाग्दछ ।

वास्तवमा तीन दल बीचको यो एकता भनेको सम्पूर्ण रुपमा भारतीय बिस्तारवादको हितको लागि संविधान संशोधनको लागि आवश्यक दुईतिहाई पु¥याउन अगाडि सारेको पाइलो नै हो । यो वामपन्थी एकता, कम्युनिष्ट एकता वा कुनै पनि खालको प्रगतिशील कदम पनि होइन ।

आफूहरु बीचको सैद्धान्तिक बेमेल नै समाप्त भएपछि पार्टी एकता हुनु पनि स्वाभाविक चीज हो । त्यसलाई त्यतिको अनौठो घटनाको रुपमा लिनुपर्ने आवश्यकता पनि छैन । समयले यी पार्टीहरु जम्मै पूँजीवादी पार्टीहरु नै हुन्, उनीहरुले देशमा आमूल परिवर्तनका लागि सिन्को पनि भाँच्दैनन् बरु साम्राज्यवादी शक्ति र उपनिवेशवादी शक्तिलाई साथ दिनेछन् भन्ने देखाई छोड्ने छन् ।

यो परिणाम हेर्नका लागि अब लामो समय कुर्नु पनि पर्ने छैन । त्यसैले अहिले आएर झन् झन् नेपालको राष्ट्रियता खतरामा पुग्न सक्ने सम्भावना छ । देश नै सिधिने खालको यो तालमेल प्रति सम्पूर्ण नेपाली जनता सचेत र होशियार भएर बस्नु नै आजको आवश्यकता हो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan