Wednesday 13th of December | २०७४ मङ्सिर २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिआइवीको लगाम बिटक्वाइनका भरियालाई !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २६ असोज । १० सेन्टको बिटक्वाइनलाई ४ हजार लिएर डलरको कारोवार गराउनेहरुको गर्धन पक्रला भनेको त सिआइवीले भरियालाई पक्रेर अँध्यारो कोठमा बसेर हुण्डी र बिटक्वाइनको कारोवार गर्ने मालिकहरुलाई सतर्क पारिदिएको आरोप लागेको छ ।

बुधवार सिआइवीले सिन्धुलीका ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीका माधव खनाल, काठमाडौंका प्रशान्त प्रताप शाह, नुवाकोटकी विन्दा ढकाल, सिन्धुपाल्चोकका मिङ्मार तामाङ, काठमाडौका दमन बस्नेत र रुपन्देहीका मनिष कुमार गिरीलाई पक्रेर सोधखोज गरेको हो तर स्रोत भन्छ– यिनीहरु खेताला, कमिशन एजेन्ट र भरियामात्र हुन् ।

बिट क्वाइनको असली खेलाडी हुण्डीकिङ रहेका मारवाडीहरु छन् । यसमा केही ट्राभल एजेन्टहरु पनि रहेका छन् ।
डिआइजी पुष्कर कार्की भन्छन्– बिटक्वाइनको जरा उखेलिन्छ ।

१३ लाख डलरसम्मको डिजिटल कारोवार गर्नेहरुको हाँगा समातेर जरा उखेल्ने डिआइजीको करामत देखिएला जस्तो छैन है ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan