Wednesday 13th of December | २०७४ मङ्सिर २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विप्लवले जारी गरे कडा विज्ञप्ती,क्यासिनो मालिकको षड्यन्त्र खारेज गर

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले साङ्ग्रीला होटेलका क्यासिनो मालिक राजेन्द्र बजगाइले आफ्नो पार्टी र प्रवक्ता प्रकाण्डविरुद्ध षड्यन्त्र गरेको भन्दै आपत्ति जनाएका छन् ।

महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै शरदकुमार गौचनको हत्यालाई मुखौंटो बनाएर साङ्ग्रीला होटेलका क्यासिनो मालिक राजेन्द्र बजगाइले पार्टी र पार्टीका प्रवक्ता प्रकाण्डसँग भेट्न नमानेपछि क्यासिनोमा बम राखिदिएको बताउँदै ज्यान सुरक्षाको लागि राष्ट्रिय मानव अधिकार आयोगमा आवेदन दिएको समाचारले पार्टीलाई गम्भीर बनाएको बताएका छन ।

उनले केही समय देखि आफ्नो पार्टी विरुद्ध अनेकौं षड्यन्त्र भएको स्थितिमा मजदूरमारा क्यासिनो मालिकले पार्टी र प्रवक्ताको नाम जोड्नु गम्भीर षड्यन्त्र रहेको स्पष्ट गर्दै उक्त प्रचारको खारेज गरेको बताएका छन ।

यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिको पूर्णपाठ यस प्रकार रहेको छ – “२०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको केन्द्र बानेश्वरमा गोली हानी गरिएको हत्या गम्भीर प्रकृतिको घटना रहेकोछ ।

यो घटनाले राज्यभित्र नागरिहरूको सुरक्षाको अवस्था कति भयावह छ भन्ने सावित गर्दछ । उच्चस्तरका व्यवसायीको अवस्था यस्तो छ भने साधारण नागरिकको अवस्था कति अस्तव्यस्त होला सहजै अनुमान गर्न सकिन्छ । राज्यको जिम्मा लिएका व्यक्तिहरू देश लुट्ने भ्रष्टचार, देश बेच्ने राष्ट्रघात, जनताको दमन गर्ने जनघात र जनताको जीवनप्रति खेलवाड गर्ने कार्यमा लिप्त हुनुका कारण जिम्मेबार नागरिकहरूले यो दुःखद घटनाहरू बेहोर्नु परेको हो ।

हाम्रो देशमा संसदीय व्यवस्था असफल छ साथै सुरक्षा र शान्तिकालागि वैज्ञानिक समाजवाद आवश्यक छ भन्ने हाम्रो पार्टीको निस्कर्ष सही सावित हुँदै गएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै गोली काण्डका अपराधीहरूलाई कार्यवाही गर्न र परिवारलाई क्षतिपूर्ति दिन आग्रह गछौं साथै यस दुःखद घडिमा शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ,विज्ञप्तीमा उल्लेख छ । 

एउटा विडम्वना श्री शरदकुमार गौचनको हत्यालाई मुखौंटो बनाएर आजै मात्र नागरिक दैनिकमा साङ्ग्रीला होटेलका क्यासिनो मालिक राजेन्द्र बजगाइले हाम्रो पार्टी र पार्टीका प्रवक्ता कमरेड प्रकाण्डसँग भेट्न नमानेपछि क्यासिनोमा बम राखिदिएको बताउँदै ज्यान सुरक्षाको लागि राष्ट्रिय मानव अधिकार आयोगमा आवेदन दिएको समाचारले हामीलाई गम्भीर बनाएको छ ।

केही समय देखि हाम्रो पार्टी विरुद्ध अनेकौं षड्यन्त्र भएको स्थितिमा मजदूर मारा क्यासिनो मालिकले पार्टी प्रवक्ताको नाम जोड्नु गम्भीर षड्यन्त्र रहेको स्पष्ट गर्दै उक्त प्रचारको पनि हामी खारेज गर्न चाहन्छौं ”,विज्ञप्तीमा भनिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan