Wednesday 13th of December | २०७४ मङ्सिर २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

होटेलबाट यौन धन्दामा सग्लन रहेको आरोपमा २ युवतीसहित ५ पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

दिनेश ठाकुर, नेपालगन्ज, २६ असोज । जिल्ला प्रहरी कार्यालय बाँकेको बिषेश प्रहरी टोलीले नेपालगन्जको एक होटेलबाट यौन धन्दामा संलग्न रहेको आरोपमा छापा मारेर ५ जनालाई नियन्त्रणमा लिएको छ ।

राती साढे ८ बजेको समयमा नेपालगन्जको बागेश्वरी हल रोडको एक होटेलमा छापामा मारेर २ युवतीसहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।

होटेलको कोठा नम्बर ११४ बाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । दाङ र कैलाली घर बताउने २ युवतीसहित अन्य ३ जना युवकलाई प्रहरीले यौनधन्दामा संग्लन रहेको आशंकामा नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका युवकमध्ये एक जना भारतीय नागरिक समेत रहेका छन् । कोठा नम्बर ११४ दुई जना बस्ने गरी काउण्टरमा बुकिङ गरिएको थियो ।

पक्राउ परेका उनीहरुलाई अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक विर बहादुर थापाले जानकारी दिनुभयो ।

प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेका युवतीहरु यसभन्दा अगाडि समेत यौन धन्दामा सग्लन रहेको आरोपमा पक्राउ परिसकेका थिए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan