Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गोलिकाण्डमा मारिने ब्यक्ती सहिद हुन ? जवाफ चाहियो सरकार ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan

निर्माण व्यवसायी संघका अध्यक्ष लूटेराहरुको समुहद्वारा निहित स्वार्थमा कुरो नमिल्दा गोली प्रहारबाट मारिए। सरकारले मृतक गौचनको शवमाथी राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्यो र सहिद घोषणा गर्ने तयारी गर्दैछ।

अव प्रश्न उठ्छ, सरकारले शान्तीसुरक्षा चुस्त बनाई आम नागरिकको सुरक्षामा कटिवद्ध भएर अगाडि बढ्ने हो कि जतिजना गुण्डाहरुको समुहद्वारा मारिंदै जान्छन उतिजनालाई सहिद घोषणा गर्दै जाने हो ?

यदि हो भने उस्तै प्रकृतिको घटनामा मारिने यौटा सामान्य नागरिकले किन राष्ट्रिय झण्डा र सहिदको उपमा पाऊन सक्तैन ?
सहिद शव्दको तात्विक अर्थ के हो ? सहिद शव्दको मूलमर्म के होरु सहिद कस्तोलाई भन्ने या घोषणा गर्ने त ?

हंचुवाको भरमा हर जो कसैलाई आफ्नो स्वार्थ मिल्यो भन्दैमा सहिद घोषणा गर्ने अधिकार सरकारलाई कहाँ र कसरि प्राप्त भयोरु
आफ्नो स्वार्थ मिल्दैमा हर कसैलाई सहिद घोषणा गर्दै जाँदा ति वास्तविक देशभक्त सहिदको अपमान गर्ने अधिकार सरकारलाई कसले दियो ?
मृतक गौचनले देशको साझा हितको लागी आखिर के योगदान गरेका थिए र उनलाई सहिद घोषणा गर्नुपर्यो ?

उनी एक निर्माण ब्यवसायी संघका अध्यक्ष हुन र नाफै नाफाको सौदावाजी गर्ने ब्याक्ति हुन। उनको हत्या हुंदैमा हामी नागरिकले कसरी उनलाई सहिद भनेर सम्वोधन गर्नेरु उनलाई सहिद भन्नुपर्ने आधार के ?

भोलीका दिनमा कुनै अमूक ठेकेदार या यस्तै कुनै यौटा नाफाको सौदागर कुनै हत्याकाण्डमा मारियो भने त्यसलाई पनि सहिद घोषणा गर्ने ?
व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति वास्तविक सहिद हुन या ब्याक्तिगत लेनदेनमा कुरा नमिलेर गोलिकाण्डमा मारिने ब्याक्ती सहिद हुन ?

जवाफ चाहियो सरकार ? यो समाचार विजय ज्ञवालीको फेसबुक पेजबाट लिएको हो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan