Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'ललितपुरमा महर्जनको चर्चा चुलियो'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २७ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं,२७ असोज । नेपाली खेलकुदका एउटा हस्तीका रुपमा परिचित पुराना खेलाडी मिनकष्ण महर्जनलाई चुनावी अभियानले ह्वात्तै छोएको छ ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेका महर्जनलाई स्थानिय राजनितिकर्मीका साथै समाजसेवीका रुपमा समेत हेरिन्छ ।

मुलुक प्रतिनिधीशभा र प्रदेशशभामा होमिइसकेको अवस्थामा ललिपतुरको राजनीतिमा समेत गरमागर्मी बढेको छ । ललितपुर कांग्रेसले महर्जनलाई उमेदवारका रुपमा प्रवेश गराएसगैँ उनको चर्चा एकाएक चुलिएको हो ।

राखेपका पूर्व कोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय रेफ्री समेत रहेका महर्जन यतिखेर ललितपुर क्षेत्र नम्बर एकको प्रदेस नम्बर ख मा सीफारिस भएपछि उनको लोकप्रियता हवात्तै बढेको छ ।

एमाले माओवादी समिकरणपछि ललितपुरको राजनीतिमा नेपाली कांग्रेसका अन्य उम्मेदवार समेत तर्र्सिएको अवस्थामा महर्जनको भने छुट्टै पहिचान बनेको छ ।

अर्को तर्फ खेलाडी छवी र स्पष्ट वक्ता अनि सबैलाई सहयोग र सम्मान गर्ने छविले उनको लोकप्रियता सँगै कांग्रेसका अन्य उम्मेदवारलाई समेत थप सहयोग पुगेको छ ।

महर्जन ललिपतुरका रैथाने व्यक्तित्व भएका कारण पनि उनलाई प्रदेशको टिक दिइएमा अन्य उम्मेदवारहरु जित्ने संभावना समेत तिब्र रुपमा बढेको छ ।

स्मरणीय रहोस् गएको यसअघिका संविधान सभा निर्वाचनमा र स्थानिय निर्वाचन उनको सक्रियता उल्लेखनिय थियो । उनकै चुनावी कमाण्डमा कांग्रेसले ललिपतुर जिल्लामा निर्वाचन जितेको इतिहास साक्षी छ ।

ललितपुर जिल्लामा उनको सक्रियतामा विभिन्न विकास निर्माणका काम समेत भएकाछन् । उनले जिल्लाको विकास निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै स्थानियहरुले पटक पटक सम्मान समेत गरेकाछन् ।

नेपाली कांग्रेस प्रभावशाली नेता खुमबहादुर खड्कासँग निकट रहेका महर्जन, कांग्रेसका नेतृत्व तहमा रहेको सबै नेतासँग राम्रो सम्बन्ध भएका यूवा नेताका रुपमा चिनिन्छन् ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan