Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उच्च अदालत पाटनद्वारा एनबी बैंक समेतको नाउँमा उत्प्रेषण आदेश जारी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २९ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं,  २९ असोज। निवेदक वरिष्ठ अधिवक्ता विश्वराज भट्टराई प्रत्यर्थी नेपाल बंगलादेश बैंक लि. तथा ग्लोबल आईएमई क्यापिटल लि. भएको उत्प्रेषणयुक्त परमादेश मुद्दामा यही मिति २०७४ असोज २५ गते बुधबारका दिन उच्च अदालत पाटनको वाणिज्य इजलासबाट विपक्षी बंगलादेश बैंक लि. समेतको नाममा उत्प्रेषणयुक्त परमादेश जारी भएको छ ।

स्मरण रहोस्, उक्त रिट निवेदन निवेदक वरिष्ठ अधिवक्ताले आफूलाई कुनै सूचना नै नदिई बैंकको मिति २०७३ कात्तिक ८ को साधारणसभाले प्रति १० साधारण सेयरबराबर आठ हकप्रद सेयर दिने भनी गरेको निर्णयअनुसार आफूले प्राप्त गर्ने १५५४ कित्ता सेयर लिलाम गरी अन्यत्रै लैजान र साधारण सेयरधनीलाई हकप्रद सेयर प्राप्त गर्ने सम्पत्तिसम्बन्धी हकमाथि आघात पु-याउने कार्य उक्त बैंक समेतका प्रत्यर्थीबाट भएको हुँदा सूचनाको हकबाट वञ्चित गराई सम्पत्तिसम्बन्धी हकमा आघात पु-याउने कार्य भएको हुँदा त्यसविरुद्ध उक्त बैंक समेतको विरुद्धमा उक्त रिट निवदेन २०७४ असार १९ मा उच्च अदालत पाटनसमक्ष दायर गरेका थिए ।

२०७४ असार २३ मा विपक्षी बंगलादेश बैंकले गर्न लागेको निज निवेदक वरिष्ठ अधिवक्ताको हकप्रद सेयरको बाँडफाँट लिलामको कार्य उच्च अदालत पाटनको मिति २०७४ असार २० को अन्तरिम आदेशले रोक्का भई यथास्थितिमा रहेकोमा उक्त मिति २०७४ असोज २५ मा निवेदकको निवेदन मागबमोजिमको आदेश भई रिट जारी भएबाट सूचनाको हकबाट वञ्चित गरी ‘ब्याक डोर’बाट सेयर बैंक माफियाको कब्जामा सर्वसाधारणको लगानी भएको सेयर पु-याउन बैंकको गलत धन्दामा रोक लाग्न गई बैंकले गर्ने त्यस्तो अनुचित कार्य बदर र गैरकानुनी ठहर भएको छ । यसबाट सर्वसाधारणले बैंकको साधारण सेयरमा गरेको लगानीको केही सुरक्षा हुन गएको महसुस गरिएको छ ।

उक्त रिट निवेदनमा निवेदकको तर्फबाट निवेदन वरिष्ठ अधिवक्ता स्वयं आफैँले तथा उनको तर्फबाट वरिष्ठ अधिवक्ता बालन्द्र आचार्य, अधिवक्ता मोतीराज गौतम र शिव प्रसाद रिजालले बहस गरेका थिए । आर्थिक दैनिकबाट


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan