Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हलिउड डाइरेक्टर हार्वेले ऐश्वर्यालाई पनि एकान्तमा बोलाउने गरेको खुलासा !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३० सोमबार |
newsabhiyan
newsabhiyan

एजेन्सी, 
हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका महिलाहरुले उनीमाथि आरोप लगाउने क्रम बढेर गएको हो । टाइम्सका अनुसार, हालसम्म ३० जना महिलाले हार्वेबाट प्रत्यक्ष या अप्रत्यक्षरुपमा यौनहिंसा सहनु परेको बताएका छन् ।

यसैबीच पूर्वविश्व सुन्दरी तथा बलिउड नायिका ऐश्वर्या रायलाई समेत हार्वेले आफ्नो जालमा पार्न खोजेको सनसनीपूर्ण खुलासा भएको छ । यो खुलासा ऐश्वर्या रायका अन्तर्राष्ट्रिय ट्यालेन्ट म्यानेज सिमोन सेफिल्डले भेराइटी डट कममा प्रकाशित एक सामग्रीमाथि टिप्पणी गर्ने क्रममा गरेका हुन ।

सेफिल्डको टिप्पणीबारे ऐश्वर्याका तर्फबाट भने कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । ‘हार्वेले ऐश्वर्यालाई एकान्तमा बोलाउन निकै कोशिस गरे’ सेफिल्डले आफ्नो टिप्पणीमा भनेका छन् ।

‘धेरैचोटी हार्वेले मलाई बैठकबाट बाहिर जान भने तर मैले भद्रतापूर्ण तरिकाले अस्वीकार गरेँ ।’ विपाशा बसुका प्रबन्धक समेत रहेका सेफिल्डले लेखेका छन् । कतिपय बेला बैठक सकिएपछि कुनामा लगेर ‘ऐश्वर्यालाई ’एक्लै पाउन के गर्नुपर्छ बरु त्यो भन’ भनेर समेत हार्वेले भन्ने गरेको सेफिल्डको आरोप छ ।

स्राेत : बिबिसी हिन्दी तथा अन्य समाचार एजेन्सीबाट 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan