Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कमेडी जनरामा बन्ने चलचित्र ‘अमेरिका बोइज’ घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३० सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं । कमेडी जनरामा बन्ने चलचित्र  ‘अमेरिका बोइज’ को औपचारिक घोषणा गरिएको छ। आइतवार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको औपचारिक घोषणा गरिएको हो।

यस अघि केहि चलचित्रमा सहनिर्देशकको रुपमा कार्य गरेका र ओस्कार कलेजमा चलचित्र निर्देशनको औपचारिक शिक्षा प्राप्त गरेका प्रवेश पौडेलले ‘अमेरिका बोइज’लार्इ निर्देशन गर्ने छन्।

छायांकन तिहारको लगत्तै सुरु हुनेछ । चलचित्रमा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायतका कलाकारहरुको अभिनय रहनेछ।प्रकाश भुजेल र अनुप थापा कार्यकारी निर्माता रहेकोच लचित्रको लागत दुई करोड रहने बताइएको छ ।

इन्द्र प्रसाद खरेल र डम्बर चन्द चलचित्रका निर्माता हुन्।चलचित्रको कथा विवेक पाण्डेले लेखेका हुन् नाम ‘अमेरिका बोइज’ भए पनि नेपालीहरुले देख्दै र भोग्दै आएको कथामा चलचित्र बन्न लागेको निर्देशकले कार्यक्रममा बताए ।

चलचित्रमा अलोक सुक्लाको छायांकन, निमेश श्रेष्ठको सम्पादन, दीपक आरजे र जयनजे वाइवाको संगीत, सुनिल क्षेत्रीको कोरियोग्राफी रहनेछ।निर्माण युनिटका अनुसार चलचित्र आगामी बैशाख १४ गतेबाट सार्बजनिक प्रदर्शनमा आउनेछ।


 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan