Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फिल्म ‘ह्याप्पी न्यु ईयर’को पहिलो रोमान्टिक शिर्ष गीत रिलिज, पुष १४ गतेलाई प्रदर्शन मिति घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३० सोमबार
newsabhiyan
newsabhiyan

काठमाण्डौ । फिल्म 'ह्याप्पी न्यु ईयर'को पहिलो रोमान्टिक गीत रिलिज भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश 'ह्याप्पी न्यु ईयर' बोलको गीत सार्वजनिक गरिएको हो । 

कलरफुल गीतको भिडियोमा फिल्मका नायक कुशल थापा र सन्ध्या केसी फिचरिङ छन् । विनोद ढकालको शब्द तथा संगीतमा तयार भएको गीतमा नवराज बस्नेतले स्वर सुन्न सकिन्छ ।

देवकुमार श्रेष्ठ निर्देशित यो फिल्मको अधिकांश छायांकन अष्ट्रेलियामा गरिएको हो । फिल्मलाई नायक कुशलकी श्रीमति रती थापाले निर्माण गरेकी हुन् ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै नायक थापाले 'ह्याप्पी न्यु ईयर'लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताए । यस्तै, नायिका सन्ध्या केसीले 'ह्याप्पी न्यू ईयर'को कथावस्तु उत्कृष्ट रहेको बताइन् ।

लभस्टोरी कथामा निर्मित यो फिल्ममा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ । फिल्मलाई  पुष १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको  छ ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan