Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुटर पहिल्याउन सकस, टार्गेटमा प्रहरी : को हुन् समिरकुमार ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३१ असोज । निर्माण व्यवसायी शरद गौचन हत्या प्रकरणमा आधा दर्जन प्रहरीको भिन्ना भिन्नै टोली अनुसन्धानमा जुटेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), महानगरीय अपराध महाशाखा, काठमाडौं परिसर, महानगरीय आयुक्तको कार्यालय र डिआईजी गणेश केसीको कमाण्डमा गठित छानबिन समितीले आ–आफ्नै तरिकाबाट अनुसन्धान सुरूगरेका छन् ।

आधा दर्जन प्रहरी युनिट सक्रिय भएपनि घटनाको सत्य तथ्य पत्ता लगाउन कुनै प्रहरी युनिटले सकेको छैन । गत साता राजधानीको मुटु मानिने नयाँ बानेश्वरमा आपराधिक समूहको गोली प्रहारबाट निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको थियो ।

कोखामा तीन गोली लागेका गौचनको उपचारको क्रममा बानेश्वरस्थित सिभिल अस्पतालमा मृत्यु भएको थियो । गौचनलाई काठमाडौंका कुख्यात गुण्डा नाईके समीरमान बस्नेत र मनोज पुनको योजना मुताबिक हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ ।

एक महिना अगाडी गौचनको डिजाईनमा दश अरबको हुलाकी राजमार्गको टेण्डर चिनियाँ कम्पनीलाई दिलाउन गौचन सफल भएका थिए । जसमा गौचनको समूहले महासंघको नाममा ठेक्का दिलाईदिए बापत मोटो रकम कमिशन लिएका थिए ।

उक्त पैसा ठेक्का दिलाउने निकाय देखि महासंघका पदाधिकारीमा समेत भागबण्डा गरिएको थियो । भागबण्डामा नपरेका एक कथित ठेकदारले गुण्डा नाईके बस्नेतको प्रयोग गरेर बिगत एक महिना देखि गौचनलाई तीन करोडको अफर गरेका थिए ।

तर गौचनले यी सब कुरा हल्का रूपमा लिदै वास्ता नगरेपछि बस्नेतको आदेशमा गौचनमाथि गोली प्रहार गरीएको एक ठेकदारले बताए । गौचनको हत्या पश्चात बस्नेतले आफू निकट लोप्साब राई भन्ने लोप्साब शेर्पालाई घटनाको जिम्मा लिन लगाएको हुन् । लोप्साब विगत दश बर्ष देखि बस्नेतको विश्वास पात्र हुन् ।

लोप्साबले घटनाको जिम्मा मात्र होईन अन्य ठेकदार, होटल मालिक र अन्य क्षेत्रमा कार्यारत प्रतिष्ठित व्यापारीलाई समेत ‘अब तेरो पालो’ भन्दै पैसाको अफर गर्न थालेका छन् । यसका पर्दा पछाडीको खेलाडी भनेको मनोज पुन र बस्नेत हुन् ।

गौचनको हत्या पश्चात दुई दर्जन भन्दा बढी व्यापारीसँग यो समूहले पैसा उठाएको स्रोतको दाबी छ । बुटवलमा आधा दर्जन हत्या आरोपमा फरार रहेका मनोज पुन र प्रहरी इन्काउन्टरमा कुमार श्रेष्ठ ‘घैंटे’ मारिएपछि फरार भई भारत भासिएका बस्नेतको समूह एक भई थप आपराधिक क्रियाकलापमा सक्रिय हुन थालेपछि नेपाल प्रहरीलाई टाउको दुखाईको बिषय बनेको छ ।

यसअघि काभ्रेली समूहका दावा लामा माथिको गोली प्रहारको घटनामा पनि लोप्साब राईले काठमाडौंका तत्कालिन एसएसपी छवीलाल जोशीलाई फोन गरी घटनाको जिम्मा लिएका थिए । उक्त गोलीकाण्डको घटना अहिलेसम्म रहस्यमय नै छ । मनोज पुनको समूहले यस अघि युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार गरी हत्या गरेको थियो ।

दिनेश अधिकारी (चरी) र कुमार श्रेष्ठ (घैंटे) प्रहरी ईन्काउन्टरमा मारिएपछि राजधानीका मै हुँ भन्ने गुण्डा नाईके र तिनका सदस्य गुमनाम छन् । राजधानीका चल्तीका डन अहिले ज्यान जोगाउन बिभिन्न राजनीतिक दलमा सक्रिय कार्यकर्ता तथा नेता हुन पुगेका छन् ।

तर घैटे ईन्काउन्टर पश्चात प्रहरीलाई सुट गरी घैटे ईन्काउन्टरको बदला लिने योजना चुहावट भएपछि फरार भई भारत पुगेका बस्नेतले अहिले राजधानीलाई अण्डरवल्ड डनको शैलीमा गुण्डागर्दी सुरू गरेका छन् ।

योजनाबद्ध तरीकाबाट गुण्डा दावा लामा र व्यवसायी शरद गौचन माथि गोली प्रहार गर्न सफल बस्नेतको तेस्रो टार्गेट भनेको घैंटे ईन्कान्उटर अप्रेशनमा सामेल प्रहरी अधिकृत रहेको उनी निकट स्रोत बताउँछ । स्रोत भन्छ, ‘तत्काल पुन र बस्नेतको सामराज्य भत्काउन प्रहरी सफल नभए छिटै अर्को घटना हुन सक्छ ।’

को हुन् समिरकुमार ?
अहिले प्रहरीको नियन्त्रणमा छन्, समिरकुमार झा । प्रहरीले साइबर क्राइम मुद्दामा मुद्दा चलाएका झा एमबिबिएसको प्रवेश परीक्षामा गोप्य डिभाइस मार्फत चिट चोराउने गिरोहका नाइके हुन् । उनको एउटा गिरोह नै छ ।

म्याग्नेटिभ साउन्ड स्पिकर प्रविधिबाट चिट चोराउने यो गिरोहले टिसर्ट तथा सर्टमा एउटा–एउटा सिमकार्ड डिभाइस राखेका थिए । जसको सानो तार पाखुरासम्म पुर्याइएको हुन्छ । जसको सम्पर्क कानमा नदेखिने गरी राखिएको अर्को म्याग्नेटिभ डिभाइससँग जोडिन्छ ।

शरीरमा राखिएको डिभाइसमा फोनमार्फत सम्पर्क हुने र बाहिर बसेका व्यक्तिले सबै प्रश्नको जवाफ भनिदिने गर्थे । सोहीअनुसार उनीहरूले सबै प्रश्नको जवाफ मिलाउने गरेका थिए । गत शनिबार काठमाडौंका १७ वटा क्याम्पसमा परीक्षा चलिरहेको समयमा प्रहरीले इलेक्ट्रोनिक डिभाइस मार्फत चिट चोरिरहेका विद्यार्थीलाई पक्राउ गरेको थियो ।

विद्यार्थी पक्राउ परे लगत्तै काठमाडौंबाट भागेका झालाई प्रहरीले सिन्धुलीबाट पक्राउ गरेको थियो । प्रहरीले झासहित गिरोहका अन्य तीन जनालाई पनि पक्राउ गरेको थियो । एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने गिरोहका नाइके झासहित अरुलाई प्रहरीले साइबर अपराध र ठगी मुद्दामा कारबाही अघि बढाएको छ ।

गिरोहका १० जनालाई साइबर र ठगी मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए । त्यस्तै दुई जनालाई शिक्षा ऐन अन्तर्गत कारबाही अघि बढाइएको छ । विद्यार्थीलाई भने प्रहरीले छाडिदिएको छ ।

चिट चोराउने गिरोहमा झासहित शैलेन्द्रकुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय, संजयकुमार यादव, ज्ञानेन्द्र ठाकुर र अजय यादवलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही अघि बढाइएको हो, जनप्रहारमा खबर उल्लेख छ   ।

त्यस्तै, भारतीय नागरिकद्वय सुविश देव र सौभर कुमारलाई शिक्षा ऐनअनुसार कारबाही अघि बढाइएको छ । त्रिवि आइओएममा एमडी अध्ययनरत सुविश वदे अरुकै लागि परीक्षा दिन जाँदा पक्राउ परेका थिए । संगठित रुपमा नै झाको गिरोहले कानभित्र लुकाइने गोप्य डिभाइस मार्फत चिट चोराएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan