Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रपतिसँग संवैधानिक निकायका पदाधिकारीको भेटवार्ता

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ, ३१ असोज  ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज संवैधानिक निकायका पदाधिकारीले भेट गर्नुभएको छ ।

भेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात, महालेखा परीक्षक टंकमणि शर्मा, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, महान्यायाधिवक्ता वसन्तराम भण्डारीलगायत संवैधानिक निकायका पदाधिकारी एवम् सचिवसमेतको उपस्थिति थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले आसन्न शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना दिनुभएको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।  (रासस)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan