Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक जीतेन लेप्चाको 'तिम्रै यादमा' बोलको गीतको म्युजिक भिडियो रिलिजको तयारीमा

तिहार लगत्तै दर्शक स्रोताले हेर्न पाउने - लिरिकल भिडियो सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan
newsabhiyan

उद्धव तमाङ, न्यूज अभियान, काठमाडौं ।  नेपाली सांगितिक क्षेत्रमा निकै नाम कमाएका गायक तथा संगीतकार  जीतेन लेप्चाको "तिम्रै यादमा" बोलको गीतको म्युजिक भिडियो तिहार लगत्तै रिलिज हुने भएको छ । 

गीतकार आकाश कार्कीको शब्दमा रहेको “तिम्रै यादमा” बोलको गीतमा गायक लेप्चाले स्वर तथा संगीत भरेका छन् । जुन गीतको भिडियो अहिले सम्पादन भइ रहेको छ । 

नेपाली सांगितिक क्षेत्रमा चार्चामा रहेका गायक तथा संगीतकार  जीतेन लेप्चाको यस म्युजिक भिडियोलाई  निर्देशक म्याक्स बायुङले निर्देशन गरेको न्यूज अभियानलाई बताए । 

युगल जोडीको प्रेम कथामा आधारित यस गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका हुन् भने भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले खिचेका हुन्  । पुर्बी नेपालको रमणीय स्थलमा छायांकन गरिएको सो भिडियोलाई पछिलो समयका चर्चित एडिटर / ड्रोन अपरेटर ओम प्रसाद प्रसाइले सम्पदान गरि रहेका छन् । 

‘किङ रोज इन्टरटेन्टमेन्ट’को  पोस्ट प्रोडक्सन रहेको सो गीतको भिडियोमा मोडलदोय बादल  श्रेष्ठ र बबी श्रेष्ठको अभिनय रहको  बताएका छन्  । 

भिडियोलाई तिहार लगत्तै दर्शक स्रोताले हेर्न सकिने र निकै आशा गरिएको भिडियो हुनेछ निर्देशक म्याक्स बायुङले बताए ।

पछिलो समय गायक तथा संगीतकार  जीतेन लेप्चा नेपाली सांगीतिक क्षेत्रमा चर्चामा छन् । केहि समय अघि  भारतको दार्जलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनको विषयलाई लिएर गायक लेप्चाले गोर्खाल्याण्ड नामक गित समेत सार्बजनिक गरेर गोर्खाल्याण्ड आन्दोलनको समर्थन गरेका थिए ।

सांगीतिक क्षेत्रलाई निरन्तरता दिँदै आम स्रोता र दर्शकको मन जित्न सफल भइ सक्नु भएका गायक लेप्चाले गीत, संगीतको माध्यमबाट समाजलाई प्रर्वद्धन गर्न योगदान पुर्याएको  उदाहरणहरु पनि प्रसस्तै छन् ।

यस्तै पछिल्लो समयका चर्चित एवं व्यस्त निर्देशक हुन् म्याक्स बायुङ । उनले हालै मात्र पहिलो पटक नेवारी गीतको म्युजिक भिडियो गुली चका बोलको गीतको भिडियोलाई समेत निर्देशन गरेका थिए ।

यस अघि म्यक्सले धेरै ओटा नेपाली म्युजिक भिडियो, डकुमेन्ट्री, चलचित्र, लिम्बु कल्चरको फिल्म  समेत निर्देशन गरि सकेका छन् ।

हसिलो स्वभाव अनि रमाइलो बढी रुचाउने निर्देशक म्याक्स नेपाली कलाकारिता क्षेत्रमा दुई दशक लामो समय देखी सक्रिय छन् ।

साथै यस गीतको सार्वजनिक  पश्चात लगत्तै अर्का गायक देव तन्डुकारको गीत "हल्ला भो तिम्रो र मेरो" को पुर्वीनेपालको रमणीय पर्यटकीय स्थल  धरान,  चतरा, धनकुटा  लगाएतका स्थानमा शुटिङ गरिने निर्देशक म्याक्स बायुङको  अपकमिङ प्रोजेक्ट रहेको न्यूज अभियानलाई बताए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan