Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गौचनको हत्यारालाई पक्राउ गर्न नसक्नु दुःखद्

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौँ, ३१ असोज ।    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न माग गरिएको छ ।

अध्यक्ष गौचनको नवौँ स्मृति पुण्य तिथिका अवसरमा महासंघले आज अनामनगरमा आयोजना गरेको शोक सभामा महासंघका पूर्वअध्यक्ष जीपछिरिङ लामाले गौचनको हत्यारालाई कानूनी कठघरामा उभ्याए मात्र गौचनप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।

“हत्या भएको नवौँ दिनसम्म पनि हत्यारा पक्राउ हुन नसक्नु दुःखद् कुरा हो”– उहाँले भन्नुभयो ।

महासंघका पूर्वअध्यक्ष सुकुन्तलाल हीराचनले गौचनको हत्यारा पक्राउ नपरेसम्म व्यवसायीको आन्दोलन नरोकिने बताउँदै गौचनको हत्यारालाई पक्राउ गर्न नसक्नु राज्यको कमजोरी भएको धारणा व्यक्त गर्नुभयो ।

महासंघका निवर्तमान अध्यक्ष जयराम लामिछानले गौचनको हत्या सिंगो नेपाली निजी क्षेत्रमाथिको बर्बर हमला भएको टिप्पणी गर्नुभयो ।

शोक सभामा विभिन्न व्यवसायमा आबद्ध संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता थियो । 
(रासस)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan