Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मालेबाट चार जना निष्कासित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan

काठमाडौँ, ३१ असोज ।  नेकपा (माले) स्थायी कमिटीको बैठकले पार्टीका तीन जना पोलिटब्युरो सदस्यसहित चार जनालाई निष्कासन गरेको छ ।

निष्कासित हुनेमा पोलिटब्युरो सदस्य हिक्मतबहादुर देउवा, गङ्गाप्रसाद चौधरी र वीरेन्द्र थपलिया तथा केन्द्रीय सदस्य सीता महत देउवा रहेका छन् । उनीहरुलाई पार्टीको एकताविपरीत गुटबन्दी र फुटपरस्त गतिविधिमा सक्रिय रहेको भन्दै पार्टी सदस्यसमेतबाट निष्कासन गरिएको सो पार्टीले जनाएको छ ।

पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षमा आज बसेको बैठकले उहाँहरुलाई पार्टी विधानको धारा १, २, ३, ४ र ५ बमोजिम कारबाही गर्दै पार्टीका सबै जिम्मेवारीबाट पदच्यूत गरी पार्टी सदस्यताबाट समेत निष्कासित गरेको हो ।

“पार्टी अस्तित्व नरुचाउने परचक्रीले चलाएको निराधार र कपोलकल्पित हल्लामा नलाग्न समस्त पार्टी पंक्तिलाई आह्वान् गर्दछ”– सो पार्टीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महासचिव मैनालीले आशन्न निर्वाचनमा हाल अन्य कुनै दलसँग सहकार्य र एकीकरणसम्बन्धी निर्णय भइनसकेको सन्दर्भमा आफखुशी अन्य पार्टीसँग वार्ता गरी पार्टी फुटाउने गतिविधि गरेको आशंकामा उहाँहरुलाई निष्कासन गरिएको जानकारी दिनुभयो ।  (रासस)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan