Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

केन्द्रीय महीला संयोजकमा निर्बाचित हुनुभएकी रजनी प्रधानलाई काजल क्रियसन बुटिकको शुभकामना तथा बधाई

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं  ।  गैर आबासीय नेपाली संघ केन्द्रीय महीला संयोजकमा रजनी प्रधान निर्बाचित हुनु भएपछी प्रतक्ष-अप्रतक्ष वा सामाजिक संजालमा बधाई तथा शुभ कामनाको ओइरो लागेको छ ।

काजल क्रियसन बुटिकका संस्थापक काजलले न्यूज अभियान मार्फत गैर आबासीय नेपाली संघ केन्द्रीय महीला संयोजकमा निर्बाचित हुनु  भएकोमा भाउजुलाई धेरै-धेरै बधाई तथा सफल कार्यकालको लागि हार्दिक मंगलमय शुभकामना भन्दै व्यक्त गरेकी छिन् ।

यस अघि पनि एनआरएनएका हरेक अभियानमा देखिने सिमित  महिला अनुहार मध्यकी एक रजनी प्रधान आइसिसीमा महिला उप संयोजकको जिम्मेवारीमा थिईन् भने अब पुनः आगामी कार्यकालका लागि महिला संयोजकमा जीत हात पारेकी छिन् ।

प्रधानले आफ्ना योजना र प्रतिबद्धता जनाउदै  पहिलेको राम्रो कार्यको निर्णन्तरता दिने लगएत आगामी दिनहरुमा महिला सशक्तिकरणको निमित्त तत्परताका साथ लागि पर्ने जनाएकी छिन्। 

बिगत २५ बर्ष देखि बेल्जियममा बसोबास गर्दै आएकी  रजनी  लामो समय देखि नै एक चिरपरिचित महिलाका रुपमा चिनिन्छिन् । गैर आबासीय नेपाली संघको स्थापनाकाल देखि यस अभियानमा सक्रिय रजनी प्रधान बेल्जियमको नेपाली समुदायमा सामाजिक कामका साथै नेपाल प्रवन्ध बिकासका  लागि सधैं सक्रिय छिन्  ।

संघकी महिला सन्योजक सपिला राज भण्डारी र प्रधानको जोडीले गरीब नेपाली महिलाहरुका लागि महिला स्वास्थ्य सम्बन्धी सीबिर, आय आर्जन सम्बन्धी परियोजना र तालिम सन्चालन गरेर उल्लेख्य काम गरेका गरेका छन् ।

बिभिन्न देशमा एक डलर संकलन अभियान चलाएर त्यसबाट परोपकारी कामहरु समेत गरीरहेका छन् । यसको साथै प्रधानले नेपालको पहिचान र  प्रवर्दन गर्ने उद्देश्यले बिभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आइरहेकी छिन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan