Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेवारिसे नवजात शिशु अनाथालयको जिम्मामा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan

बारा, सिमरा, ३१ असोज ।   पाँच दिनअगाडि बारामा फेला परेको नवजात शिशुलाई प्रहरीले कलैयास्थित अनाथालयलाई जिम्मा लगाएको छ ।

आज जिल्ला वालकल्याण समितिको बसेको बैठकले ती नवजात शिशुलाई अमृता अनाथालयमा जिम्मा लगाइएको प्रहरी प्रवक्ता भुनेश्वर साहले बताउनुभयो ।

साहका अनुसार एक महिना मात्र सो अनाथालयमा ती शिशुलाई राखिने र पछि दाबी गरेका मध्येबाट कानूनले मिलेअनुसार जिम्मा लगाउने प्रवक्ता साहले भन्नुभयो ।

शिशु बुझी अनाथालयका सञ्चालिका फूलमती बस्नेतले आफूले एक महिनाको अवधिमा लालनपालनमा कुनै कमी नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । असोज २६ गते धान खेतमा बेवारिस अवस्थामा नवजात शिशु फेला पारिएको थियो । (रासस) 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan