Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से आज पनि नकारात्मक दिशामा, मध्यान्हसम्म तीन अंकले घट्यो, चार करोडको मात्र सेयर किनबेच

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक १ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, १ कार्तिक । नेप्से आज पनि नकारात्मक देखिएको छ । साताको चौंथौ कारोवार दिन आज बुुधबार मध्यान्ह १२ बजेसम्म नेप्से तीन दसमलव ६६ अंंकले घटेको छ भने सेन्सिटिभ एक दसमलव तीन अंकले घटेको छ ।

यस बिचमा कुुल ७५ कम्पनीहरुको तीन सय ९३ वटा कारोवारमा एक लाख ४३ हजार छ सय १२ कित्ता सेयर किनबेच हुुंदा कारोवार रकम चार करोड ६९ लाख ९७ हजार एक सय नौ रुपैयाँ पुुगेको छ । 

मध्यान्हसम्म आठ वटा समुहको कारोवार भएकोमा बाँणिज्य बैंक, ट्रेडिङ, बिकास बैंक, जलबिद्युुत, फाईनान्स र बीमा समुहका सुचकहरु घटेकाछन भने होटल समुहको कारोवार सुचक बढेको छ । यसबिचमा अन्य समुहको कारोवार सुचक भने स्थिर देखिएको छ ।

मध्यान्हसम्म अपी पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य दुई रुपैयाँले बढेर पाँच सय ६१ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने पुर्णिमा बिकास बैंकको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ५४ पैसाले घटेर दुुई सय ९९ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ ।

राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरतर्फ भने आज १४ हजार तीन सय रुपैयाँ अन्तिम मुल्यमा एक करोड दुुई लाख ९८ हजार आठ सय ६० रुपैयाँको सेयर किनबेच भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan