Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एकाएक नेप्सेले १५ कम्पनीको सेयर कारोबार रोक्यो (नाम सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक १ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, १ कार्तिक । एक दर्जन बैंक तथा फाईनान्स कम्पनीहरुको सेयर कारोवार रोक्का भएको छ ।

नेप्सेका अनुसार बार्षिक सुचिकरण बापतको बार्षिक नबिवरण शुल्क नुुबझाएकाकारण आज बुधबारबाट कञ्चन डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, कन्काई डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, हाम्रो बिकास बैंक, नेशनल माईक्रो फाईनान्स, सिभिल लघुबित्त बित्तीय संस्था, महिला सहयात्रा बित्तीय संस्था, समता माईक्रो फाईनान्स, नागवेली लघुबित्त बिकास बैंक, दिव्येश्वरी हाईड्रो पावर कम्पनी, युनिलिभर नेपाल लिमिटेड र ललितपुर फाईनान्सको सेयर कारोवार रोक्का भएको हो ।

धितोपत्र नियमावली अनुसार सुचीकृत कम्पनीह्रुले असोज मसान्तसम्म नबिकरण शुल्क बुुझाउनुु पर्नेमा उक्त शुल्क नबुुझाएपछि कारोवार रोक्का गरिएको भन्दै शुल्क बुुझाए पश्चात मात्र कारोवार खुल्ला गर्ने नेप्सेले जानकारी दिएको छ ।

नेप्सेका अनुसार एक करोड रुपैयाँसम्म चुक्ता पुंजी हुुनेले १५ हजार, एक करोड देखि पाँच करोड रुपैयाँसम्म चुक्ता पुंजी हुुनेले २५ हजार, पाँच करोड देखि १० करोड रुपैयाँसम्म चुक्ता पुंजी हुुनेले ३५ हजार र १० करोड रुपैयाँ देखि माथि चुक्ता पुंजी हुुनेहरुले ५० हजार रुपैयाँ बार्षिक नविरण शुल्क बुुझाउनुु पर्ने छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan