Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्जा सुरक्षणद्वारा ३० करोड रुपैयाँको लगानी प्रस्ताव

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक १ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १ कार्तिक । निक्षेप तथा कर्जा सुरक्षण कोषले ३० करोड रुपैयाँ बराबरको रकम लगानीको लागि प्रस्ताव गरेको छ ।

कोषले बाँणिज्य बैंकहरुले मात्र सहभागी हुुन पाउने गरी एक बर्षमा परिपक्व हुुने गरी उक्त परिमाणमा रकम लगानी गर्न प्रस्ताव आव्हान गरेको हो । रकम लगाीको लागि बैंकहरुले असोज २९ गतेको मितीले १५ दिन भित्रमा कोषमा आवेदन दिनुुपर्ने छ ।

कोषका अनुसार सञ्चालनमा आएको पाँच बर्ष पुरा गरेको हुुनुपर्ने, लगातार पाँच वर्ष देखि नाफमा रहेको, नेपाल राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको चार प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको, कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात नेपाल राष्ट्र बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा (व्यवस्थापछिको) रहेको, रियल स्टेटमा प्रवाहित कर्जा नेपाल राष्ट्र बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएका संस्थाहरुले मात्र रकम लगानीमा सहभागी हुुन पाउने छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan