Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से बढ्यो, कारोवार रकम घट्यो (तालिका–सहित)

कसले कमायो–कसले गुमायो ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक १ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, १ कार्तिक । साताको चौथौ कारोवार दिन आज बुुधबार नेप्से बढेपनि कारोवार रकम भने घटेको छ । नेप्से आज नौ दसमलव १७ अंकले बढेर १५ सय ६८ दसमलव ३५ अंकमा कायम रहेको छ भने सेन्सिटिभ एक दसमलव ७६ अंकले बढेर तीन सय ३० दसमलव १० अंकमा कायम रहेको छ ।

कुुल एक सय ४५ कम्पनीहरुको तीन हजार तीन सय ३१ वटा कारोवारमा ११ लाख ११ हजार एक सय ३० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४३ करोड २५ लाख पाँच हजार ४० रुपैयाँको सेयर किनबेच भएको छ ।

आठ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढेपछि नेप्से पुरै हरियो भएको छ । बाँणिज्य बैंक समुहको सुचक चार दसमलव नौ अंकले बढेर १३ सय ५१ दसमलव ६० अंकमा कायम रहेकोमा १४ करोड १४ लाख ४८ हजार रुपैयाँको सेयर कारोवार भएको छ ।

बीमा समुहको सुचक पनि आज ९७ दसमलव ४८ अंकले बढेर आठ हजार पाँच सय ९४ दसमलव ३६ अंकमा कायम रहेकोमा आठ करोड ३८ लाख ३३ हजार आठ सय रुपैयाँको सेयर कारोवार भएको छ । बिकास बैंक समुहको सुचक १४ दसमलव ४५ अंकले बढेर १९ सय १४ दसमलव ८९ अंकमा कायम रहेकोमा पाँच करोड १५ लाख ६५ हजार आठ सय रुपैयाँको सेयर किनबेच भएको छ ।

जलबिद्युुत समुहको सुचक ११ दसमलव ७१ अंकले बढेर १८ सय ७१ दसमलव ४४ अंकमा कायम रहेकोमा चार करोड ५७ लाख १४ हजार रुपैयाँको सेयर कारोवार भएको छ । ट्रेडिङ, होटल, फाईनान्स र अन्य समुहको सुचक पनि आज बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा ङादी ग्रुप पावर कम्पनी परेको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा वेष्ट फाईनान्स परेको छ । रकम कारोवारका आधारमा भने नेशनल लाईफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम  कारोवार भएको मुल्य बढेको मुल्य
ङादी ग्रुुप पावर कम्पनी     २४२ ५.२२
बरुण हाईड्रो पावर कम्पनी   २०९   ५.०३
३  गुराँस लाईफ इन्स्योरेन्स     १०७० ४.३९
वोमी माईक्रो फाईनान्स      २००८ ४.३१
५  सनराईज बैंक     ३४४   ३.९३

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम कारोवार भएको मुल्य  घटेको मुल्य
बेष्ट फाईनान्स      १५२   ८.९८
 रिडी हाईड्रो पावर कम्पनी      १५३ ३.७७
३  सहयोगी बिकास बैंक    ३२७    २.३८
४  रिलायन्स फाईनान्स       २०८ २.३४
नेशनल हाईड्रो पावर कम्पनी     १३०  २.२५

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
१  नेशनल लाईफ इन्स्योरेन्स (संस्थापक)  ४४०६२५००  ११७५
२  चिलिमे हाईड्रो पावर कम्पनी   ३९६१५८०६  ९०१
राष्ट्रिय बीमा कम्पनी (संस्थापक)  १४६४५५५०  १४६००
नेपाल इन्स्योरेन्स कम्पनी    १४५८४५९३ १५१०
५  प्रभुु इन्स्योरेन्स कम्पनी    १४४३७७४४  ११८५

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan