Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक तथा संगीतकार टंक बुढाथोकीको तिहार गित सर्बाधिक चर्चामा (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक १ बुधबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौँ ।  नेपालीहरुको दोश्रो महान चाड तिहार नजिकिदै गर्दा नेपाली सांगीतिक बजारमा तिहारका गीतहरु आउने क्रम ह्वात्तै बढेको छ। यसै क्रममा नेपाली साङ्गितिक बजारमा केही समयाबाट सांगीतिक छेत्रमा चर्चा कमाई रहेका उदयमान गायक टंक बुढाथोकिले पनि आफ्नो दर्शक श्रोताका लागि तिहारको कोसेली लिएर आएका छन।

नयाँ नया कोसेली लिएर हजारौं नेपाली संगीतप्रेमी दर्शक तथा श्रोताहरुको मन जित्न कलाकारहरु ब्यस्थ देखिन्छन। यसैको एक उदाहरण हुन् गायक बुढाथोकी । नेपाली संगीत बाजारमा पाँच दर्जन भन्दा बढ़ी सांगीतिक कोशेली पस्केर स्थापित भइसकेका गायक टंकका काली तिम्रो नजरैले , साइला घण्टी बजयो घण्टी बज्यो , जस्ता दर्जन भन्दा बड़ी गीतले संगीतक बाजारमा ब्यापक तहल्का मचाएको देख्न पाइन्छ ! भने भर्खरै मात्र सर्बजानिक गरेका दशै आयो , त्यस्तै कसरी कसरी नामको म्यूजिक भिडियोली पनि राम्रै चर्चा पाएको छ l

नेपाली हरुको दोश्रो महान पर्ब तिहार नजिकीदै गर्दा टंक ले देउसिरे बालको गीत दर्शक श्रोता माझ लिएर आएका हुन l उक्त गीतले नेपाली कला संस्कृति लाई जोगाई राख्ने खालको संदेश दिइएको छ  l परापुर्बक काल देखी चलिआएको नियम तिहार म देउसी खेलेर रमाइलो गर्ने संदेश समेत उक्त गीतली दिन खोजेको छ ! साथै यस गीतले सबैको मन जित्ने र सबैले राम्रो प्रतिक्रिया दिनु हुन्छ भन्ने समेत आशा गरेका छन l

गायक तथा संगिरकार बुढाथोकिको देउसिरे गीतमा स्वर स्वयं टंककै रहेको छ भने उक्त म्यूजिक भिडियो छायांकन आर्यन खड़का एबम बिष्णु ले गरेका छन भने म्यूजिक भिडियोको सम्पादन भने राज कुमारको रहेको छ  lउक्त म्युजिक भिडियोलाई गायक टंक बुढाथोकिको आफ्नै यूट्यूब च्यानल बाट सांगीतिक बाजारमा ल्याएका छन   l

भिडियो हेर्नुहोस :


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan