Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भागबण्डा :पन्चेदेखि भट्टराई कांग्रेसमै अटाए ,'चार दलसँग कांग्रेसको तालमेल'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ५ आइतबार
newsabhiyan
newsabhiyan

 काठमाडौं,५ कार्तिक । मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अधिकांश क्षेत्रका आफ्ना उम्मेदवारहरुको टुङ्गो लगाएको सत्तारुढ नेपाली कांग्रेसले जनाएको छ।

चुनाव हुने ३२ मध्ये ३० जिल्लाका उम्मेदवारको टुङ्गो लगाएको भन्दै कांग्रेसका नेताहरुले गोर्खामा नयाँ शक्ति पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई सघाउने र अरु तीनवटा दलसँग तालमेल गर्ने निर्णय भएको बताएका छन्।

कांग्रेसले भागबण्डामा यसरी समेटेको छ । पन्चे थापादेखि गणतन्त्रवादी नेता भट्टराई सम्मलाई कांग्रेसले समेटेको छ ।

हाम्रो पार्टी लोकतान्त्रिक , प्रजातान्त्रिक एबं विचारको मासबेस पार्टी हो यहाँ सबै अटाउछन् ,नेता रामहरि खतिबडाले न्यूज अभियानसगँको कुराकानीमा भने ।

यसअघि शुक्रवार नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ७४ सीटको बाँडफाँट गरेका थिए। 

मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको उम्मेद्वार दर्ता गर्ने अघिल्लो दिन अबेरसम्म बैठक गरिरहेका नेपाली कांग्रेसका नेताहरुले चुनाव हुने ३२ जिल्लामध्ये अधिकांश स्थानका उम्मेदवारको सूची टुङ्गो लगाएको बताएका छन्।
 

निर्णय
शनिवार रातिसम्म पहिलो चरणका प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारहरुको नामावाली टुङ्गो लगाउने जानकारी दिंदै नेपाली कांग्रेस संसदीय बोर्डका नेता बालकृष्ण खाँडले भने, "३२ मध्ये ३० वटा जिल्लाको निर्णय भइसक्यो। रसुवा र नुवाकोटको बाँकी छ।"प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनका लागि कांग्रेसले चारवटा दलसँग तालमेल गर्ने निर्णय भएको नेताहरुले बताएका छन्।

गोरखा क्षेत्र नम्बर २ मा हामीले बाबुराम भट्टराईलाई सहयोग गर्ने, पशुपतिसमशेर राणालाई सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा दिने हामीले निर्णय गरेका छौँ
 

बालकृष्ण खाँड, नेता, नेपाली काँग्रेस
त्यसरी कांग्रेसले सीट बाँडफाँट गर्ने सहमति गरेका दलको सूचीमा पूर्व पञ्चहरुको पार्टी राप्रपा नेपालदेखि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी समेत छन्।
त्यसबारे थप जानकारी दिंदै कांग्रेस नेता खाँडले भने, "गोरखा क्षेत्र नम्बर २ मा हामीले बाबुराम भट्टराईलाई सहयोग गर्ने, पशुपतिसमशेर राणालाई सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा दिने हामीले निर्णय गरेका छौँ। उपेन्द्र यादवको दललाई भोजपुरमा र कमल थापा नेतृत्वको राप्रपाका लागि लम्जुङदेखि लिएर विभिन्न प्रदेशमा हामीले सीट छोडिदिएका छौँ।"

प्रयास

तर एउटा प्रमुख तराई केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुसँग भने तालमेल गर्ने नेपाली कांग्रेसको प्रयास पहिलो चरणको चुनावका लागि टरेको जस्तो देखिन्छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गर्दै पार्टी एकीकरणतर्फ अघि बढ्ने घोषणा गरेपछि राजपा नेपालसहितका दलहरुसँग गैरवाम गठबन्धन निर्माण गर्ने प्रयास कांग्रेसका नेताहरुले गरेका थिए।

तर अझै पनि चुनावी तालमेलका लागि सबै पक्षसँग वार्ता जारी राख्ने काग्रेसका अर्का नेता प्रकाशशरण महतले बताए। पहिलो चरणमा चुनाव हुने जिल्लाहरुमा प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि थोरै सीटहरुमात्रै उम्मेदवारी दिएको बताउने राजपा नेपालका नेताहरुले चाहिँ दोस्रो चरणको चुनावका लागि उम्मेद्वारी घोषणा गर्दा कांग्रेससँग तालमेल गर्नेबारे वार्ता भइरहेको ,बीबीसीमा उल्लेख छ ।

 पहिलो चरणको चुनाव हुने ३२ जिल्लाका लागि आइतवार र दोस्रो चरणमा चुनाव हुने बाँकी जिल्लाहरुमा कार्तिक १६ गते मनोनयनपत्र दर्ता गराउनुपर्ने समय निर्धारण गरिएको छ। 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan