Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १७ आइतबार | (रासस)
newsabhiyan

काठमाडौँ, १७ साउनः मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो देशको राष्ट्रिय झण्डा फहराइयो । 

आज यहाँ आयोजित कार्यक्रममा नेपाल तथा भारतका लागि मोरक्कोका राजदूत मोहम्मद मलिकी  र वाणिज्यदूत मेघा चौधरीले संयुक्त रूपमा झण्डा फहराउनुभयो ।

त्यस अवसरमा शिष्टाचार महापाल कुमार खरेलले नेपाल–मोरक्को कूटनीतिक सम्बन्धबारे चर्चा गर्दै व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदानका माध्यमबाट पारस्परिक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
राजदूत मलिकीले मोरक्को र नेपाल सम्बन्धलाई अझ उन्नत तुल्याउन आफू क्रियाशील रहेको बताउनुभयो ।

यसै अवसरमा मोरक्कोको कलासंस्कृतिबारे जानकारी दिने उद्देश्यले ललितपुरमा एकदिवसीय प्रदर्शनी पनि आयोजना गरिएको छ ।

प्रदर्शनीमा मोरक्कोका परिकार, माटाका परम्परागत सामग्री , त्यहाँका प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी परिचयपुस्तिकालगायत वस्तु राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan