Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नागपोखरीमा सशस्त्र प्रहरीको अपरेसन : ब्राउन सुगरसहित चार जना पक्राउ, फरार अभियुक्त पनि नियन्त्रणमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १८ सोमबार |

काठमाडौं, साउन १८ । काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सशस्त्र प्रहरी बल (एपीएफ) ले लागूऔषधविरुद्धको विशेष अपरेसन सञ्चालन गर्दै २९६.७५ ग्राम ब्राउन सुगर, ट्रामाडोल र नाइट्रोभेट क्याप्सुलसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा एपीएफ इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले नागपोखरी निवासी ४३ वर्षीय प्रभात तिवारी, काठमाडौं–१४ बल्खुका भुपेन्द्र श्रेष्ठ, सर्लाहीको मलंगवा नगरपालिका–८ निवासी सुजन रायमाझी र ललितपुर बागडोल–४ का ५१ वर्षीय सविन श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीहरूको साथबाट २९६.७५ ग्राम ब्राउन सुगर, २२० चक्की ट्रामाडोल, १३० क्याप्सुल नाइट्रोभेट, लागूऔषधमा मिसाउने २२ बोतल केमिकल, १ लाख ९८ हजार ३७५ रुपैयाँ नगद, १ हजार जापानी येनसहित अन्य विदेशी मुद्रा बरामद गरिएको छ।

यसका साथै दुई वटा सञ्चार सेट, तीन थान ल्यापटप, एक थान प्रिन्टर, चार थान मोबाइल फोन र उनीहरूले प्रयोग गरेको बा ७ च ५१८० नम्बरको गाडी पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका प्रभात तिवारी लागूऔषध मुद्दाका फरार अभियुक्त समेत रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan