Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १८ सोमबार | (रासस)

काठमाडौँ, १८ साउनः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको मुख्य उद्देश्य राजस्व सङ्कलन वा जरिवाना असुली नभई सडक दुर्घटना न्यूनीकरण गरी नागरिकको जीवन सुरक्षित बनाउनु रहेको बताउनुभएको छ ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, बागमती प्रदेश समितिले आज ललितपुरको, बालकुमारीले काठमाडौँमा आयोजना गरेको सम्मान, पदस्थापना तथा प्रशिक्षणमूलक कार्यक्रममा उहाँले सवारी चालकले ट्राफिक नियमको पालना गरे कुनै पनि प्रकारको कारबाही आवश्यक नपर्ने स्पष्ट पार्नुभयो ।

    प्रमुख काफ्लेका अनुसार ट्राफिक प्रहरीको नियमित निगरानी, सचेतना र नियम कार्यान्वयनका कारण पछिल्ला महिनाहरूमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको दरमा कमी आएको छ । चालक तथा सर्वसाधारणले अनुशासित भएर ट्राफिक नियमको पूर्ण पालना गरे दुर्घटनालाई अझ प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । कार्यक्रममा सहभागी यातायात व्यवसायी तथा चालकहरूलाई ट्राफिक सचेतना, सुरक्षित सवारी सञ्चालन र नियम पालनाको महत्वबारे जानकारी गराइएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan