Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २५ सोमबार |

कर्णाली, २४ साउनः खाना पकाउने एलपी ग्यासको अभाव हटाउन तथा उपभोक्ता अधिकारलाई सुरक्षित गर्ने उद्देश्यका साथ सुर्खेतमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा आज वीरेन्द्रनगरमा आयोजित सर्वपक्षीय बैठकमा ग्यास अभाव, आपूर्तिमा असहजता र त्यसबाट जनजीवनमा परेको प्रभावबारे सरोकारवालाबीच छलफल भएको हो ।
 
छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले ग्यास अभावले नागरिकको दैनिकी कष्टकर बन्दै गएकाले तत्काल समस्या समाधान गुर्नपर्ने बताउनुभयो । 

बैठकमा सरोकारवालाहरूको ध्यानाकर्षण गर्दै उहाँले भन्नुभयो, “सुर्खेतमा कति ग्यास सिलिन्डर चाहिन्छ ? अभाव सृजना कसरी भयो ? यसको माग र आपूर्तिको सन्तुलन मिल्नेगरी नेपाल आयल निगमले व्यवस्थापन गर्नुपर्दछ र अधिकृत विक्रेताले पारदर्शी रूपमा वितरण गर्नुपर्छ ।” वितरणमा देखिएका सुरक्षा चुनौतीलाई व्यवस्थापन गर्न प्रशासन निरन्तर लागिरहेको बताउँदै अभाव हुन नदिन आयल निगमलाई आग्रह गर्नुभयो ।

निगमका प्रवक्ता मनोज ठाकुरले देशैभरि ग्यास आपूर्तिका लागि भारतीय आयल निगमसँग पहल भइरहेको बताउनुभयो । यो महिनाका लागि ५५ हजार मेट्रिक टन ग्यास सिलिन्डर माग गरिएको बताउनुभयो । बजारमा ह्वात्तै माग बढेकाले एकैपटक आपूर्ति गर्न कठिनाइ भएको प्रवक्ता ठाकुरको भनाइ थियो । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुर्खेत जिल्ला कमिटी अध्यक्ष कुलमणि देवकोटाले ३८ हजार घरपरिवारसहित निजामती कर्मचारी, सुरक्षा निकाय, विश्वविद्यालय, विद्यालयमा अध्ययनरत विद्यार्थी, विभिन्न उद्योग व्यवसायमा संलग्न नागरिक सुर्खेतमा रहेको बताउनुभयो । उहाँले ग्यासको तथ्याङ्क एकिन गरी मागअनुसार निगमले आपूर्तिको व्यवस्था मिलाउनुपर्ने सुझाव दिनुभयो ।
 
वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित नन्दनी टे«डर्सका प्रमुख मनोज दाहालले भेरी ग्यासमात्र ७० देखि ८० हजारको आवश्यक भएको बताउनुभयो । मागअनुसारको ग्यास उपलब्ध हुन नसक्दा नागरिकले हरेक दिन राति सडकमा लाइन लागेर बस्नुपर्ने बाध्यता आइलागेको उहाँले जनाउनुभयो । छलफलमा राजनीतिक दल, प्रहरी प्रशासन, व्यापार, व्यवसायी, उद्योगी, कर्मचारी, अभियान्ता र सञ्चारकर्मीको उपस्थिति थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan