Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिड्नी नजिकै विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार | रासस/सिन्ह्वा

अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा शुक्रबार दिउँसो हल्का विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

राज्य प्रहरीका अनुसार सिड्नीबाट करिब २०० किलोमिटर उत्तरपश्चिममा पर्ने स्कोन सहरको सानो विमानस्थल नजिकै दुर्घटना भएको हो । स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५५ बजे विमान दुर्घटना भएको सूचना पाएपछि आपत्कालीन सेवाका अधिकारीहरू घटनास्थल पुगेका थिए ।

अधिकारीहरूले घटनास्थलमा हल्का विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पारेका थिए । विमानमा सवार दुई पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन ।

प्रहरीले घटनास्थललाई अपराध अनुसन्धान क्षेत्रका रूपमा सुरक्षित राख्दै दुर्घटनाबारे अस्ट्रेलियन यातायात सुरक्षा ब्युरो र मनोरञ्जनात्मक उड्डयन अस्ट्रेलियालाई जानकारी गराएको छ ।

अस्ट्रेलियन यातायात सुरक्षा ब्युरोले दुर्घटनाबारे आवश्यक जानकारी सङ्कलन गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan