Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १४ शनिबार | (रासस)

मनाङ, १४ कात्तिकः बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले माथिल्लो मनाङका पर्यटकीय गन्तव्यमा पुग्ने पर्यटक मनाङमा रोकिएका छन् । 
    
    माथिल्लो क्षेत्रमा हिमपात बाक्लो भएपछि पूर्ण रूपमा पदयात्रा नजान सूचना जारी भएपछि पर्यटक मनाङमा रोकिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका पर्यटकका साथै जनजीवन कष्टकर बनेको छ । 
    
    माथिल्लो मनाङमा बाक्लो हिउँ परेपछि यहाँको भ्रमणमा आएका पर्यटक मनाङमा नै रहेका प्रमुख भुजेलले बताउनुभयो । उहाँले भन्नुभयो, “करिब २०० पर्यटक अहिले मनाङ गाउँमा बसिरहेका छन् । हिउँ बाक्लो परेकाले मौसम सुधार हुँदै गए पनि हिँड्नसक्ने अवस्था रहेको छैन ।” जोखिम मोलेर केही पर्यटक भने यात्रा निस्कन खोजिरहेका उहाँले बताउनुभयो । 
    
    मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको मौसमी प्रणालीको पूर्वानुमानअनुसार चक्रवातको प्रभावले हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रहन पर्यटकलाई आग्रह गरेअनुरूप मनाङमा आएका पर्यटकलाई सुरक्षित रहन आग्रह गरेका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो । 
    
    “मौसममा केही सुधार आएको छ । तर, पर्यटक तथा स्थानीयलाई आवतजावत गर्न र गन्तव्यमा जान दिने अवस्था भने बनिसकेको छैन”, प्रमुख जिल्ला अधिकारी खनालले भन्नुभयो, “हिउँ बाक्लो छ । पदयात्रामा जाने पदमार्गको सबै नक्सा नै छोपिएकाले जोखिम कायमै नै छ ।” 
    
    सुरक्षित स्थानमा बस्न र जोखिममा यात्रा नगर्न भने होटल व्यवसायीलाई जानकारी दिनु अनुरोध गरेको उहाँले बताउनुभयो । बिहीबार साँझदेखि हल्का हिमपात भएको थियो भने शुक्रबार र शनिबार बिहानसम्म भारी हिमपात भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan