Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मन्त्री साह र अष्ट्रेलियाका राजदूत अन्स्र्टबीच शिष्टाचार भेट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार |

काठमडौँ, १९ कात्तिकः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच शिष्टाचार भेट भएको छ ।

उहाँहरुबीच भएको भेटमा नेपाल–अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, लगानी प्रवर्द्धन र आपसी सहयोगका विविध विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ ।

सो अवसरमा मन्त्री साहले भोटेकोशी तथा बूढीगण्डकी बाढीपछि खोज, उद्धार र राहतका क्षेत्रमा नेपाललाई अष्ट्रेलिया सरकारले प्रदान गरेको मानवीय सहयोग, सद्भाव र समर्थनप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस अवसरमा उहाँहरुबीच आगामी दिनमा दुई देशबीच व्यापार विस्तार, आर्थिक साझेदारी तथा पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने विषयमा विचार विमर्श भएको सचिवालयले जनाएको छ ।

उहाँहरुबीच दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक सहकार्यका नयाँ सम्भावना अघि बढाउने विषयमासमेत छलफल भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan