Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बालेन सरकार दलाल र बिचौलियामैत्री भयो : राष्ट्रिय जेनजी नागरिक अभियान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार |
newsabhiyan

काठमाडौं, १९ कात्तिक । राष्ट्रिय जेनजी नागरिक अभियानले वर्तमान बालेन शाह नेतृत्वको सरकार किसान, गरिब र युवामैत्री नभएर दलाल तथा बिचौलियामैत्री भएको आरोप लगाएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा बोल्दै अभियानका वक्ताहरूले सरकारको पछिल्लो कार्यशैली र निर्णयप्रति कडा आपत्ति जनाएका हुन् ।

पत्रकार सम्मेलनमा अभियानका प्रवक्ता वीरजन विश्वकर्माले सरकारको नियतमाथि नै प्रश्न उठाए । “यो सरकार नेपालमा अमेरिकी क्याम्प राख्ने, युरेनियम अमेरिकालाई बेच्ने र चीनमाथि आक्रमण गर्ने योजनाबद्ध ढंगले बनेको हो,” विश्वकर्माले भने, “महँगी नियन्त्रण हुन सकेको छैन।

शिक्षा र स्वास्थ्य कुनै पनि हालतमा निःशुल्क हुनुपर्छ, तर प्रधानमन्त्री स्वयंले बिचौलिया परिचालन गरिरहेका छन्।” उनले चुनावमा बालेनलाई सहयोग गरेका इनम सापकोटा अहिले बिचौलियाको भूमिकामा रहेको समेत दाबी गरे ।

त्यस्तै अभियानका सचिव प्रकाश बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले जेनजी आन्दोलनका माग र मुद्दाहरू पूरा गर्न नसकेको बताए । बालेन सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा चुकेको उनको भनाइ थियो।

भूमिसम्बन्धी प्रधानमन्त्रीको भनाइप्रति टिप्पणी गर्दै बमले भने, “भारतको भूमि नेपालले मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता नेपाली भू-भाग सधैँका लागि भारतलाई नै जिम्मा लगाउन खोजेको प्रस्टिन्छ।”

उनले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएर सरकारले सुरक्षा निकायको मनोबल गिराउने काम गरेको आरोप लगाउँदै सरकारलाई जनता र युवाका समस्याप्रति उत्तरदायी बन्न आग्रह गरे ।

उक्त कार्यक्रममा अभियानका सदस्यहरू अमृत के. बोहरा, प्रदीप भट्टराई, सफलता बोगटी, सुनिल बिक लगायतले पनि बालेन सरकारका नीति तथा कदमहरूको आलोचना गर्दै आ-आफ्नो धारणा राखेका थिए ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan